Logo

नयाँ प्याकेजिङमा नेपाली ब्राण्डको पहिचान बन्दै ‘खुकुरी रम’, यसरी जित्दैछ पारखीको मन

नयाँ प्याकेजिङमा नेपाली ब्राण्डको पहिचान बन्दै ‘खुकुरी रम’, यसरी जित्दैछ पारखीको मन



काठमाडांै । ‘रम’ भन्नेवित्तिकै नेपालमा सबैलाई याद आउने एउटै नाम ‘खुकुरी रम’ हो । नेपालमा रमका पारखीहरुलाई शायदै अर्को कुनै ब्राण्डको नाम सम्झना होला खुकुरी रमबाहेक । यसैले ‘खुकुरी रम’ नेपालसँगै विश्वका विभिन्न देशसम्म विशेष बन्दै आएको छ । यसैक्रममा नेपालको स्थापित र अग्रणी ब्रान्ड ‘खुकुरी रम’को उत्पादक कम्पनी द नेपाल डिस्टिलरिजले केही समयअघि ‘खुकुरी रम’का प्याकेजिङ परिवर्तन गर्यो । नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी पनि हो । स्थापनाकालदेखि नै खुकुरी रमले ग्राहकको मनमा एकछत्र राज गरिरहेको छ । गुणस्तर सर्वश्रेष्ठ रहँदै आएकाले खुकुरी रम नेपालको अत्यन्त रुचाइएको ब्रान्डको रुपमा स्थापित भएको हो । दुई दशकदेखि एकछत्र पारखीहरुको मनमा बसेको ‘खुकुरी रम’को प्याकेजिङ परिवर्तनले समयको माग र ग्राहकको अपेक्षा सम्बोधन गरेको कम्पनीको दाबी छ ।

स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवं वातावरणमैत्री रुपमा बजारमा उत्रिएको कम्पनीका महाप्रबन्धक शुभास लामिछाने बताउँछन । प्याकेजिङ परिवर्तन भए पनि ब्लेन्ड र स्वादमा भने कुनै परिवर्तन गरिएको छैन । महाप्रबन्धक लामिछानेले भने, ‘हामीले स्थानीयदेखि विश्व बजारसम्मका हाम्रा अमूल्य ग्राहकहरुको सुविधा तथा चाहनालाई ध्यानमा राखेर खुकुरी रमको नयाँ प्याक डिजाइन गरेका हौँ । नयाँ प्याकमा समेत हामीले खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखेका छौँ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिएका छौँ । बरु त्यो अनुभव अझ विशेष बनोस् भन्ने हाम्रो चाहना हो ।’

नयाँ प्याकेजिङमा पारखीको मन जित्दै

विश्वस्तरीय नयाँ प्याकसहित बजारमा खुकुरी रमको बजार तीव्र गतिमा अगाडि बढेको छ । रमको प्याकेजिङ तथा बोटलको लुक्स निकै आकर्षक बनाइएको छ । पछिल्लो समय खुकुरीले विगत केही वर्षदेखि विदेशका रम पारखीहरुको मन जितेको स्पाइस्ड रम समेत नेपाली बजारमा उतारेको छ । सीमित परिमाणमा आएको स्पाइस्ड रमले छोटो समयमै नेपाली रम पारखीहरुको समेत मन जितेको खुकुरीका डिलरहरु बताउँछन् ।

khukri rum new pack

हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको हो । खुकुरी रमको वर्षौंदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिष्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकको मन जितेको महाप्रबन्धक लामिछाने बताउँछन् । ‘लण्डनको विश्वबिख्यात कम्पनीले डिजाइन गरेको नयाँ प्याकले सबैको ध्यान तानेको छ । रमका पारखीहरुले नयाँ प्याक विश्वस्तरीय देखिएको भन्दै तारिफ गरिरहेका छन्’, उनी भन्छन ।

खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देशविदेशका ग्राहकहरुमाझ रिसर्च समेत गरेको थियो । प्याक डिजाइन गरिसकेपछि पनि ग्राहकहरुको प्रतिक्रिया लिइएको थियो । ‘प्याक परिवर्तन गर्नुअघि र पछिका ग्राहकहरुबाट आएका प्रतिक्रियाहरुलाई समेत ध्यानमा राखेर नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरु झल्किने गरी विशेषताहरु समावेश गरिएका हुन् । उही पुरानो स्वाद र आकर्षक प्याकले खुकुरी रमले आफ्नो ग्राहकको मनमा अझ अटूट छाप छाड्न सफल भएको छ’, लामिछाने भन्छन ।

नेपाली पहिचान

धेरै मदिरा उत्पादकहरुले आफ्नो उत्पादनलाई अन्तराष्ट्रिय भन्दै बिदेशी पहिचान दिन खोजेपनि ‘खुकुरी रम’ले भने नेपाली ब्राण्डका रुपमा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान विस्तार गरिरहेको छ । हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रम नेपाली गौरवको प्रतिनिधित्व गर्दै नेपालबाट देशविदेशमा गिफ्टको रुपमा सबैभन्दा धेरै लगिने वस्तु पनि हो । यसैकारण पनि खुकुरी रमको नयाँ प्याकेजिङमा नेपालको मौलिकता झल्किने केही विशेषताहरू थपेको महाप्रबन्धक लामिछानेले बताउँछन् । उनका अनुसार रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ । यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ ।

यस्तै, खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीहरूको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछानेले दाबी गरे । रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरूको शक्तिको प्रतिक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उनको तर्क छ । स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्ताहरूलाई सत्प्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वास समेत दिलाउने पनि कम्पनीले दाबी गरेको छ ।

नयाँ प्याकमा एकअर्काको पूरकको रुपमा रहेको खुकुरीले नेपालीहरूको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वल्र्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ । खुकुरी रमको नयाँ प्याकका यिनै ५ विशेषताका कारण ग्राहकहरू उत्साहित देखिएका छन् । खुकुरी रमले नयाँ प्याकमा पृथक प्रयोग गरेर आफ्ना ग्राहकहरूका लागि यसलाई अझ विशेष बनाउने काम गरेको लामिछाने बताउँछन् ।

khukuri spice rum

प्रतिक्रिया दिनुहोस्
MBL