Logo

बैंकको सीडी रेरियो ९१.४९ प्रतिशत पुग्यो, कर्जा बढेको बढ्यै रोकिएन निक्षेप घट्ने क्रम

बैंकको सीडी रेरियो ९१.४९ प्रतिशत पुग्यो, कर्जा बढेको बढ्यै रोकिएन निक्षेप घट्ने क्रम



काठमाडौं । पछिल्लो समय बैंकबाट निक्षेप बाहिरिने क्रम बढेको छ । केही समयता साप्ताहिक रुपमा गिरावट आएको निक्षेप संकलन अघिल्लो हप्ता केही बढेको थियो । तर हप्ता निक्षेप बाहिरिने क्रम पुनः बढेको नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

laxmi

तथ्यांकअनुुसार गत हप्ता बैंकिङ प्रणालीबाट ५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । मंसिर १७ गतेसम्म बैंकिङ प्रणालीमा ४२ खर्ब २६ अर्ब निक्षेप रहेकोमा मंसिर २४ मा आईपुग्दा घटेर ४२ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ ।

यसैगरी पछिल्लो समय निक्षेप घट्ने तर कर्जा भने प्रबाह भइरहँदा कर्जा निक्षेप अनुपात बढेर ९१.४९ प्रतिशत पुगेको छ । पछिल्लो १ हप्ताको अबधिमा बैंकहरुले थप ८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । हाल बाणिज्य बैंकहरुको कुल कर्जा प्रबाह ४० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL