Logo

१० दिनमा २४ देशमा फैलियो ओमिक्रोन, प्रभावबारे वैज्ञानिकहरुले अनुसन्धान गर्दै

१० दिनमा २४ देशमा फैलियो ओमिक्रोन, प्रभावबारे वैज्ञानिकहरुले अनुसन्धान गर्दै



काठमाडौं। डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको ओमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ । प्राय देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट आएका व्यक्तिबाट नयाँ भेरियन्ट फैलिएको हो ।

इजरायलमा मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरयन्ट देखिएको छ । त्यस्तै, दक्षिण अफ्रिकाबाट फर्किएका एक अमेरिकीमा भाइरस देखिएको त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।

बोत्स्वानामा कम्तिमा १९ जनामा नयाँ भेरियन्ट देखिएको छ । त्यस्तै, बेलायतमा दक्षिण अफ्रिकाबाट फर्किएका पाँच जनामा कोभिड देखिएको छ ।

नयाँ भेरयन्टको प्रभावबारे वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । अधिकांश देशहरुले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । त्यस्तै, जर्मनी, नेदरल्यान्ड्स, डेनमार्क, बेल्जियम, इटाली, चेक रिपब्लिक, अस्ट्रिया, स्वीटजरल्यान्ड, फ्रान्स, पोर्चुगल, स्पेन, स्वीडेन, हङकङ, अस्ट्रेलिया, जापान, क्यानडा र ब्राजिल नर्वे ‌आयरल्यान्डमा पनि नयाँ भेरियन्ट देखिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL