Logo

ग्लोबल आइएमई बैंकले बढायो नाफा, तीन महिनामा १ अर्ब ११ करोड नाफा आर्जन गर्दा कस्ता छन अन्य सूचक ?

ग्लोबल आइएमई बैंकले बढायो नाफा, तीन महिनामा १ अर्ब ११ करोड नाफा आर्जन गर्दा कस्ता छन अन्य सूचक ?



काठमाडौँ । ग्लोबल आइएमई बैंकले चालु आवको पहिलो त्रैमासमा नाफामा वृद्धि गरेको छ । बैंकले तीन महिनाको अवधिमा १ अर्ब ११ करोड २२ लाख खुद नाफा गरेको छ ।

laxmi

गत वर्षको सोही अवधिको तुलनामा यो नाफा ५.०४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ रहेको थियो । बैंकको वितरयाणयोग्य नाफा ३ अर्ब ३५ करोड ८० लाख ११ हजार रुपैयाँ रहेको छ ।

कर्जा लगानी ७ प्रतिसतले वृद्धि गरेको बैंकले यो अवधिमा सेयर विक्रीबाट २० करोड आर्जन गरेको छ । यो अवधिमा बैंकको स्प्रेडदर ५.०३ प्रतिशतबाट घटेर ३.४९ प्रतिशतमा झरेको छ । सो कारण खुद ब्याज आम्दानी ९.८१ प्रतिशतले घटेर २ अर्ब ३३ करोडमा आइपुगेको छ ।

यस्तै यो अवधिमा बैंकको खराब कर्जा १.८३ प्रतिशतबाट घटेर १.६२ प्रतिशत रहेको छ । २० रुपैयाँ ५७ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ०५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL