Logo

राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था, अब विदेशमा ऋण लिन चाहनेले नेपाली बैंकको ग्यारेन्टी पाउने

राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था, अब विदेशमा ऋण लिन चाहनेले नेपाली बैंकको ग्यारेन्टी पाउने



काठमाडौं, । विदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी, सङ्घ, संस्था, निकायलाई विदेशमा कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउन सहज भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार एक सूचना मार्फत विदेशमा समेत ऋण लिन चाहनेलाई नेपाली बैंकले पनि ग्यारेन्टी जारी गर्न पाउने व्यवस्था गरेको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए ।

सो व्यवस्थाले नेपाली फर्म तथा कम्पनीलाई थप सहज हुने भएको छ । नेपाली बैंकले ग्यारेन्टी बसेर ऋण लिन पाउने भएपछि विदेशी मुद्रा भित्र्याउन सहज भएको हो ।

केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको जनाएको छ । बैंक ग्यारेण्टी वा ‘स्ट्याण्डवाइ लेटर अफ क्रेडिट’को अधिकतम सीमासमेत तोकेको छ ।

त्यस्तो सटही सुविधा लिएपछि विदेशमा भएको कारोबारबाट विदेशी मुद्रा नेपाल भित्रिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL