Logo

विदेशी पर्यटकका लागि अनअराईभल भिसा खुला, १० दिने क्वारेन्टाईनको व्यवस्था पनि खारेज गरिँदै

विदेशी पर्यटकका लागि अनअराईभल भिसा खुला, १० दिने क्वारेन्टाईनको व्यवस्था पनि खारेज गरिँदै



काठमाडौं । सरकारले विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ। बुधबार औपचारिक निर्णय गर्ने गरी यसबारे तयारी गरिएको हो ।

निर्णयअनुसार दुवै खोप लगाएका विदेशी नागरिकलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल भिसा दिने भएको हो। यस्तै खोप नलगाए पनि पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरुले पनि विमानस्थलमै अनअराइभल भिसा पाउने स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार सरकारले विदेशी नागरिकहरुका लागि अनिवार्य गरेको १० दिने क्वारेन्टाइनको व्यवस्था पनि खारेज गर्ने निर्णय गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL