Logo

वीरगंज सुक्खा बन्दरगाहमा पहिलोपटक भारतीय निजी कार्गो रेल, वैदेशिक व्यापारमा नयाँ आयाम

वीरगंज सुक्खा बन्दरगाहमा पहिलोपटक भारतीय निजी कार्गो रेल, वैदेशिक व्यापारमा नयाँ आयाम



काठमाडौं । वीरगंज सुक्खा बन्दरगाहमा भारतीय निजी कम्पनीको मालवाहक रेल आइपुगेको छ । भारतको हल्दिया सामुन्द्रिक पोर्टबाट नेपालका लागि हिँडेको रेल बुधबार बिहान १० बजे नेपालको सुक्खा बन्दरगाहमा आइपुगेको हो ।

laxmi

उक्त रेलले १५ फिट अग्ला ९० कन्टेनरमा खाद्यान्न नेपाल ल्याएको छ । हालसम्म भारतीय सरकारी रेल सेवाले मात्रै नेपालमा मालसामान ओसारिरहेको अवस्थामा निजी क्षेत्रको रेलले पनि सेवा सुरु गरेपछि नेपालको वैदेशिक व्यापारमा नयाँ आयाम थपिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । उनका अनुसार नेपाल र भारतबीच रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाईमा भएको सम्झौताअनुसार भारतीय निजी कार्गो रेल नेपाल आईपुगेको हो ।

यसअघि विस २०६१ सालमा नेपाल र भारतबीच रेल सेवा सम्झौता भएको थियो । त्यसयता भारत सरकारको स्वामित्वमा रहेको काेंकण रेल्वेले सेवा दिँदै आएको थियो । पुनरावलोकन सम्झौता कार्यान्वयनसँगै भारतीय निजी कम्पनी हिन्द टर्मिनल प्रालिको १ र्याकको कार्गो रेल नेपाल आइपुगेको हो

प्रतिक्रिया दिनुहोस्
MBL