Logo

पोखराको प्याराग्लाइडिङ अन्त सार्दा ३ बर्षको कर मिनाहा

पोखराको प्याराग्लाइडिङ अन्त सार्दा ३ बर्षको कर मिनाहा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पर्यटन मन्त्री आनन्द पोखरेलले पोखराको प्याराग्लाइडिङ उडाउने कम्पनीलाई अन्यत्र सार्दा  ३ बर्षसम्म कर दिने बताएका छन् । पोखरामा क्षेत्रीय विमानस्थल बन्ने भएकाले त्यहाँबाट विस्थापित भइ अन्यत्र व्यवसाय सञ्चालन गर्ने प्याराग्लाइडिङ कम्पनीलाई कर मिनाहा गर्ने बताएका हुन् ।

laxmi

मंगलवार राजधानिमा आयोजित अन्तक्रिया कार्यक्रममा ३ बर्षभित्रै विमानस्थल बन्ने भएकोले त्यहाँको प्याराग्लाइडिङ विस्थापित हुने भएकोले यस्तो सुविधा दिन लागेको जानकारी दिए । ‘ सरकारले सम्भाव्यता अध्ययन गरेको क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गरेको अवस्थामा मात्र यो लागु हुन्छ’ उनले भने ।

मन्त्री पोखरेलले प्याराग्लाइडिङ पर्यटनको आकर्षण भएकोले यसको प्रवद्र्धन आवशयक रहेको जानकारी दिए । त्यस्तै पोखरामा वयवसाय गर्न दिनहुँजसो प्याराग्लाइडिङ दर्ताका निवेदन आएको र त्यसको स्वीकृत नगरि पठाउनु परेको बताए । सो अवसरमा उनले बुद्धको क्षेत्र लुम्विनीलाई हड्ताल तथा संघर्षरहित बनाउन आग्रह गरे । लुम्विनी म्युजियम जस्तो भएकोले चलायमान बनाउन आग्रह गरे । त्यस्तै काठमाडौं उपत्यकालाई मिनी लुम्विनीको रुपमा विकास गर्नुपर्ने बताए ।

साथै नेपालमा धार्मिक तथा सास्कृतिक पर्यटनको प्रवद्र्धन आवश्यक भएको बताए । ‘साहसिक पर्यटन प्रवद्र्धन भइसक्यो अव सा.स्कृतिक पर्यटनको प्रवद्र्धन जरुरी छ’ उनले भने ।
सो अवसरमा मन्त्री पोखरेलले व्यवसायीहरुलाई काठमाडौंमा बसेर इको टुरिजमको गफ गरेर नहुने बताए । ‘इको टुरिजमको प्रवद्र्धन गर्न काठमाडौं बाहिर जानु पर्छ’ उनले भने ।
मन्त्री पोखरेलले देशको आर्थिक विकासका ललागि पर्यटन क्षेत्रको प्रवद्र्धन आवश्यक रहेको बताए ।

साथै यस बर्षभित्र ७ प्रदेशमा १ १ पर्यटनको डेस्टिनेशन क्षेत्र तोक्ने जानकारी दिए । त्यस्तै मोवाइल एक्लिकेशन बनाएर नेपालका पर्यटकीय क्षेत्रबारे विश्वलाई जानकारी दिने इच्छा रहेको उनले बताए ।
त्यस्तै पर्यटन क्षेत्रलाई इन्धन उपलब्ध गराउन प्रधानमन्त्री समक्ष आग्रह गर्ने बताए ।

सो अवसरमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले टुरिष्ट भिसा निःशुल्क गरी पर्यटन प्रवद्र्धन गर्न आग्रह गरिने । उनले भौगोलिक विकट तर प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थानहरुमा एयरपोर्ट बनाउन आग्रह गरिने । त्यस्तै अन्तरराष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्न सुझाव दिइन ्। सो अवसरमा राणाले नाकाबन्दीले ५ अर्व भन्दा बढीको क्षती भएको जानकारी दिइन् ।

कार्यक्रममा होटल एशोसियशन नेपालका महासचिव विनायक शाहले नाकाबन्दीले होटल व्यवसाय द्धन्द्धकालको अवस्थामा फर्किएको जानकारी दिए । ‘ पर्यटक नआउदा आम्दानी छैन उनले भने , मूल्य बृद्धिले खर्च भने बढेको छ ।

बुकिङ रद्द गर्दा नेपालबारे नकारात्मक समाचार जानेहुँदा व्यवसाय जसोतसो चलाउन परेको बताए ।

त्यस्तै पहिलै विभिन्न सेवा सुविधा सम्वन्धि कन्ट्रयाक गरेको हुँदा सो दिन नसकेको अवस्थमा क्षतीपूर्ती समेत दिनु पर्ने हुनाले आम्दानी भन्दा खर्च बढेको छ ।
अन्तक्रिर्यामा टानका वरिष्ठ उपाध्यक्ष तासी सेर्पाले विभिन्न देशले ट्राभल एड्भाइजरी जारी गर्दै नेपाल आउन रोकेको बताए । कार्यक्रममा रञ्जित आचार्य,

प्रतिक्रिया दिनुहोस्
MBL