Logo

अब पठाओका राईडरले लोगो छापिएका कपडा लगाउन नपाईने, लगाए कारबाही

अब पठाओका राईडरले लोगो छापिएका कपडा लगाउन नपाईने, लगाए कारबाही



काठमाडौं । अब राईड सेयर कम्पनी पठाओका राईडरहरुले कम्पनीको लोगोअंकित ज्याकेट, ट्राउजर लगाउन नपाउने भएका छन् । कम्पनीले पछिल्लो समय अफलाईन राईड मौलाएको भन्दै आफ्ना राईडरहरुलाई उक्त लुगाहरु नगलाउन निर्देशन दिएको हो ।

laxmi

सरकारले कोरोना महामारीको अवस्थामा जारी गरेका विभिन्न सावधानीलाई मध्येनजर गर्दै कम्पनीले आफ्ना राईडरहरुलाई ज्याकेट, ट्राउजरलगायत वितरण गरेको थियो । तर त्यसैको दुरुपयोग गर्दै राईडरहरुले अफलाईन राईड गर्ने गरेकाले कम्पनीले यस्तो निर्देशन दिएको हो ।

सोमबार काठमाडौंको गोंगबुमा पठाओको राईडरले अफलाईनमार्फत ट्याक्सीको ग्राहक खोसेपछि ट्याक्सी चालकले राईडरलाई कुटपिटसमेत गरेका थिए । सोहीअनुसार कम्पनीले अर्काे सूचना नआउँदासम्म उक्त गेयरहरु प्रयोग नगर्न निर्देशन दिएको छ । यदि यस्तो गेयर प्रयोग गरेर सेवा दिईएको पाईएमा प्रशासनले कारबाही गर्ने पनि कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL