Logo

सरकारले थप्यो श्रमसहचारीको कोटा, नियुक्तीका लागि दरखास्त आब्हान

सरकारले थप्यो श्रमसहचारीको कोटा, नियुक्तीका लागि दरखास्त आब्हान


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१ असार, काठमाडौं । सरकारले थप ४ देशमा श्रम सहचारी नियुक्ती गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार बढी नेपाली कामदार भएका थप ४ देशमा श्रम सहचारी नियुक्त गर्न लागिएको हो । साथै, जेठ ३२ गतेको राज्यमन्त्रीस्तरिय निर्णय अनुसार नियुक्ती प्रक्रिया अघि बढाइएको समेत श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ ।

जस अनुसार साउदी अरवको अवुधावी, कतारको दोहा, मलेशियाको क्वालालम्पुर र जेद्धाको महावाणिज्य दूतावसका लागि श्रम सहचारी नियुक्त गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । अवुधावी र दोहाका लागि उपसचिव चाहिने छ भने क्वालालाम्पुर र जेद्धका लागि शाखा अधिकृत हुनुपर्ने छ ।

श्रम सहचारीका लागि आगामी १५ दिन भित्र आवेदन दिन सकिने छ । तर, सो पदमा आवेदन दिन श्रम तथा रोजगार मन्त्रालय मातहतका निकायमा न्युनतम १ वर्षदेखि निरन्तर काम गरिरहेको हुनुपर्ने छ । सम्बन्धित देशमा गएर नेपाली कामदारका समस्या समाधान गर्नुपर्ने भएकाले पनि सो अनुभव अनिवार्य गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

यस अधि मन्त्रालयले दक्षिण कोरिया, साउदी अरव, बहराइन र कतारका लागि श्रम सहचारी नियुक्तीका लागि दरखास्त आब्हान गरेको थियो । उक्त देशका लागि पनि श्रम सहचारी नियुक्ती प्रक्रियामा रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL