Logo

२५ गतेबाट कोरियाली भाषा परीक्षा, काठमाडौं र पोखरा गरी ३२ स्थानमा तोकियो केन्द्र

२५ गतेबाट कोरियाली भाषा परीक्षा, काठमाडौं र पोखरा गरी ३२ स्थानमा तोकियो केन्द्र



काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तन्तरगतको कोरियाली भाषा परीक्षा काठमाडौं र पोखरामा हुने भएको छ । यही २५ गतेबाट सुरु हुने भाषा परीक्षाको लागि काठमाडौं र पोखरामा गरी ३२ ओटा केन्द्र तोकेको इपिएस शाखाले जानकारी दिएको छ ।

शनिबार र आईतबार हुने परीक्षामा पहिलो सिफ्टको परीक्षार्थीहरु बिहान ८ बजे भित्र परीक्षा हलमा बसीसक्नु पर्ने र दोस्रो सिफ्टको परीक्षार्थीहरु दिउँसो ११ : ३० बजे हल भित्र प्रवेश गरीसक्नु पर्ने इपिएस शाखाले जानकारी दिएको छ ।

सन् २०१९ मा उत्पादनमूकलक क्षेत्रतर्फ ५५ हजार ९ सय ९७ र कृषि क्षेत्रतर्फ २५ हजार ८० जनाले आवेदन फारम भरेका थिए । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ ।
दक्षिण कोरियाले सन् २०२० का लागि उत्पादनमूलक क्षेत्रका लागि ७ हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने घोषणा गरेको छ ।

सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अंक र कृषि तथा पशुपालन क्षेत्रको ९० अंक हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५÷२५ गरी ५० मिनेटको परीक्षा हुनेछ ।

दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अंक र कृषि तथा पशुपालन क्षेत्रको ११० अंकको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL