Logo

भिएलएन माथी अन्तरराष्ट्रिय श्रम सम्बन्ध समितिको झूटो आरोप, कानुन सम्बत चलेको श्रेष्ठको दावी

भिएलएन माथी अन्तरराष्ट्रिय श्रम सम्बन्ध समितिको झूटो आरोप, कानुन सम्बत चलेको श्रेष्ठको दावी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ पुस, काठमाडौं । मलेशिया भिएलएन नेपालले संसदको अन्तरराष्ट्रिय श्रम सम्बन्ध समितिले आफुहरुलाई अनावश्य आरोप लगाएको बताएको  छ । भिएलएनले राजधानीमा पत्रकार सम्मेलन गरी सो विषयको जानकारी गराएको हो । ‘हामीले कानुन सम्बत तरिकाबाट काम गर्दा पनि समितिले गैरकानुनी भनी अनावश्य आरोप लगाएको छ,’ मलेशिया भिएलएन नेपालका अध्यक्ष रामप्रसाद श्रेष्ठले भने, ‘सरकारकै विभिन्न निकायबाट यस विषयमा छानविन भएर कानुन सम्बत चलेको पुष्टी हुँदा पनि समितिले विभिन्न आरोप लगाएर हामीमाथी षड्यन्त्र गरिरहेको छ ।’

भिएलएन मलेशिया सरकारको निर्णय अनुसार नेपालमा संचालनमा आएको र आफु त्यसको नेपालका लागि आधिकारीक कम्पनी मात्र भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘मैले नेपालको कानुन र मलेशिया सरकारको निर्णय अनुसार भिएलएन संचालन गर्दै आएको छु,’ उनले भने, ‘यदि सरकारले बन्द गर्न चाहन्छ भने म पनि बन्द गर्न तयार छु ।’ तर, कानुन अनुसार चलेको कम्पनीलाई गैरकानुनी भनेर षड्यन्त्र गरिरहेको उनको भनाइ थियो ।

केही समम अघि समितिले भिएलएनलाई गैरकानुनी रुपमा संचालन गरी भिसा प्रोसेसिङ वापत बढी पैसा लिएको भन्दै खारेजीका लागि सम्बद्ध निकायलाई निर्देशन दिएको थियो । तर, कम्पनी रजिष्ट्रारको कार्यालयले पनि रामप्रसाद श्रेठको नामा रहेको उक्त भिएलएन कम्पनीले मलेशियाको अल्ट्रा किरणसँगको सहकार्यमा कम्पनीमा दर्ता गरेर भिसा प्रोसेसिङको काम गर्दै आएको जानकारी दिएको थियो ।

नेपालमा भिएलएन स्थापना भएपछि पटक–पटक विवाद उत्पन्न भइरहेको छ । तर, उसले कम्पनी रजिष्टारको कार्यालय, उद्योग विभाग, कर कार्यालय, नेपाल राष्ट्र बैंक, परराष्ट मन्त्रालय, श्रम मन्त्रालयजस्ता सरकारी निकायबाट आधिकारीकताको प्रमाणपत्र पाइसकेको छ । हाल ती सरकारी नियकाले भिएलएनलाई कानुन सम्बत नै चलेको जानकारी दिँदै आएको छ ।
यदि भिएलएन नेपाल बन्द भएमा मलेशिया जाने नेपालीहरुल थप दुःख खेप्नु पर्ने कम्पनीको दावी छ । नेपाल सरकारले विभिन्न बहाना बनाएर भिएलएन बन्द गराएमा मलेशियाले भिसा स्ट्याम्पिङको काम भारत वा बङ्गलादेशबाट गर्ने समेत कम्पनीको भनाइ छ ।

नेपालमा भिएलएन नेपालले १ वर्ष अघिदेखि मलेशिया जाने नेपालीहरुको भिसा प्रोसेसिङ गर्ने काम गर्दै आएको छ । कम्पनीले भिसा प्रणालीको भिएलएन प्रणाली अन्तरगत मलेशियाको अल्ट्रा किरण एसडीन बीएचडीसँगको सहकार्यमा सो काम गर्दै आएको छ । हालसम्म कम्पनीले सरकारलाई २२ करोड रुपैयाँभन्दा बढी राजस्व समेत बुझाइसकेको छ ।
मलेशियाले उसका स्रोत मुलुककमा भिएलएन प्रणाली लागु गर्दै आएको छ । हाल उसले चीन, भारत, बंगलादेश, नेपाल र श्रीलंकामा भिएलएन मार्फत भिसा प्रोसेसिङ गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL