Logo

नेपालमा हप्तामा दुई दिन बिदाको चर्चा, भारतमा हप्तामा ३ दिन बिदा दिन धेरै कम्पनी सहमत

नेपालमा हप्तामा दुई दिन बिदाको चर्चा, भारतमा हप्तामा ३ दिन बिदा दिन धेरै कम्पनी सहमत



काठमाडौं । केही हप्तायता नेपालमा दुई दिन सरकारी बिदा दिने विषयले चर्चा पाएको छ । नेपालमा आर्थिक संकटको खतरा बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले सरकारलाई खर्च कम गर्न दिएका सुझावमध्ये हप्तामा दुई दिन सरकारी बिदाको प्रस्ताव पनि एक रहेको बताइएको छ । जसबारे रकारले अहिलेसम्म निर्णय भने गरेको छैन् ।

laxmi

तर, विश्वभर पछिल्लोे समय कर्मचारीहरूका लागि हप्ताको चार कार्य दिन प्रणाली अपनाउने र तीन दिन बिदा दिने प्रचलन बढिरहेको सन्दर्भमा भारतमा पनि यसबारे तयारी अघि बढेको छ । एक प्रतिवेदनले दाबी गरेको छ कि भारतका अधिकांश रोजगारदाताहरूले पनि यो प्रणालीले कर्मचारीहरुको तनाव कम गर्न मद्दत गर्ने विश्वास गर्ने उल्लेख गरेको छ ।

एचआर सोलुसन्स जीनियस कन्सल्टेन्ट्सको प्रतिवेदन अनुसार ६० प्रतिशतभन्दा बढी रोजगारदाताले हप्ताको चार दिन काम गर्ने नयाँ प्रणालीले काममा सन्तुष्टि र काम र जीवनबीच सन्तुलन कायम गर्ने कुरामा दृढ धारणा राखेका छन् । समग्र मनोबल बढाउँदै यसले तनाव र चिन्ताको स्तरलाई पनि कम गर्ने प्रतिवेदनमा छ ।

यद्यपि, २७ प्रतिशत रोजगारदाताले संगठनको उत्पादकत्वमा यस प्रवृत्तिको प्रभावको बारेमा निश्चित नभएको बताएका छन् । र ११ प्रतिशत रोजगारदाताहरूले भने चार–दिन–हप्ताको व्यवस्थाले कुनै महत्वपूर्ण सकारात्मक परिणाम नल्याउने बताएका छन् ।

यो अध्ययन १११३ रोजगारदाता र कर्मचारीहरूबीच गरिएको थियो । सर्वेक्षण रोजगारदाता र कर्मचारीहरूमा फेब्रुअरी १ देखि मार्च ७ सम्म गरिएको अनलाइन सर्वेक्षणमा आधारित छ । सर्वेक्षण बैंकिङ र वित्त, निर्माण र इन्जिनियरिङ्, शिक्षा, एफएसिजी, हस्पिटालिटी, एचआर सोलुसन, आइटी, आइटीइएस, बिपीओ, लजिस्टिक, उत्पादन, मिडिया, तेल र ग्यास क्षेत्रका कम्पनीहरूमा गरिएको थियो ।

शतप्रतिशत कर्मचारीहरू बिदा चाहन्छन्

यस सर्वेक्षणको नतिजाले शतप्रतिशत कर्मचारी चार दिन काम गर्ने प्रणालीको पक्षमा रहेको देखाएको छ । सर्वेक्षणमा, जब कर्मचारीहरूलाई सोधिएको थियो कि उनीहरूलाई एक दिन थप बिदा दिइयो उनीहरु दिनको १२ घण्टाभन्दा बढी काम गर्न तयार छन् ? यसमा तिनीहरूमध्ये ५६ प्रतिशतले तुरुन्तै सहमति जनाएका थिए । तर, ४४ प्रतिशत कर्मचारी कामको समय बढाउने पक्षमा देखिएनन् । योसँगै ६० प्रतिशत कर्मचारीले थप एक दिन बिदा पाए १२ घण्टाभन्दा बढी काम गर्न तयार रहेको बताएका छन् ।

जेनियस कन्सल्टेन्ट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक आरपी यादवले भने, ‘सप्ताहमा चार दिन काम गर्ने रोचक प्रणाली धेरै देश तथा संस्थामा अपनाइँदैछ । यसले कर्मचारीहरूलाई आफ्नो व्यक्तिगत र कार्य जीवन बीच राम्रो सन्तुलन स्ट्राइक गर्न सक्षम हुनेछ । साथै, कतिपयको नजरमा यसले कर्मचारीको कार्यसम्पादनमा सुधार ल्याउन पनि मद्दत गरिरहेको छ ।’ अन्तराष्ट्रिय सञ्चार माध्यमको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL