Logo

देवदह मेडिकल कलेजका संचालक विरुद्ध मुद्दा दायर, काठमाडौं विश्वविद्यालयका प्रवन्धक श्रेष्ठ पनि

देवदह मेडिकल कलेजका संचालक विरुद्ध मुद्दा दायर, काठमाडौं विश्वविद्यालयका प्रवन्धक श्रेष्ठ पनि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ माघ,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको देबदह मेडिकल कलेज सञ्चालक समिति विरुद्व मुद्दा दायर गरेको छ । नेपाल मेडिकल काउन्सिल ऐनले तोकेको मापदण्ड पुरा नगरी कक्षा सञ्चालन गरेको भन्दै ज्योति बानियाँ, शिवजी पौडेल, काठमाडौं विश्वविद्यालयका प्रवन्धक प्रधुम्न श्रेष्ठलगायत १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगको अनुसन्धानमा कलेजले ऐनमा व्यवस्था नै नभएको ४० जना विद्यार्थीहरुका लागि एमबीबीएस कक्षा सञ्चालन गरेको उजुरीका आधारमा अनुसन्धान गरेको थियो ।

शिक्षा मन्त्रालयबाट बीबीएस कक्षा सञ्चालन गर्ने मनशायपत्र दिने निणर्य भएकोमा कलेजले एमबीबीएस कक्षा सञ्चालनका लागि ‘एर्सडेशन स्ट्याण्डर्डस फर द एमबीबीएस डिग्रीप्रोग्राम २०१३’ तथा कलेजले उपलब्ध गराएको झुठा विवरणलाई आधिकारीक मानी कलेज सञ्चालन गर्न दिने १७ जना विरुद्ध मुदा दायर गरेको हो ।

उनीहरुविरुद्ध कलेजमा कार्यरत नै नभएका तथा सम्वन्धित काठमाडौं विश्वविद्यालयबाट पद स्वीकृतिका लागि सिफारिस गरिएको विषय अनुसार शिक्षक कार्यरत रहेको भनी गलत प्रतिवेदन पेस गरी आफु अनुकुलको मापदण्ड बनाई प्रतिवेदन पेस गरेको आरोप लागेको छ ।

सो को आधारमा कलेजलाई काउन्सिल ऐन, नियम र एर्सडिनेटेशन स्ट्याण्डर्ड फर द एमबीबीएस डिग्री प्रोग्राम २०१३ विपरित विद्यार्थी भर्ना गरिएकोमा उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९(२) तथा कलेज सञ्चालकहरु उपर सोही ऐनको दफा २२ र १९(२) बमोजिम सजायको माग राखी मुद्दा दायर गरिएको हो ।

ठगी गर्नेको नामावली

ciaa

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL