Logo

चुलिदै छ बजेट घाटा, राजस्वभन्दा २ खर्ब बढी खर्च

चुलिदै छ बजेट घाटा, राजस्वभन्दा २ खर्ब बढी खर्च



काठमाडौं । पछिल्लो समय सरकारको बजेट घाटा चुलिँदै गएको छ । महालेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार बजेट घाटा १ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ ।

हालसम्म सरकारको कुल आम्दनी ५ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ । तर, सोही अबधिसम्म बजेट खर्च भने ७ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । सरकारले बजेटमा व्यवस्था गरेको स्रोतबाट रकम संकलन नभएपछि दैनिक रुपमा बजेट घाटा चुलिँदै गएको हो ।

सो अबधिसम्म आईपुग्दा सरकारको कुल बजेट परिचालन ५८ दशमलव ३३ प्रतिशत पुगेको छ । जसमा चालू खर्च ६९ दशमलव ६६ प्रतिशत अर्थात ५ अर्ब ५९ अर्ब रुपैयाँ खर्च भएको छ । तर, सो अबधिमा विकास खर्च भने एकदमै न्युन रहेको छ । बिहीबारसम्म सरकारको बजेट खर्च ३९ दशमलव ५९ प्रतिशत अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ मात्र परिचालन भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL