Logo

चेम्बर पदाधिकारी र माओवादी अध्यक्ष प्रचण्डबीच भेट, भ्रष्टाचारमुक्त समाज निर्माणमा जोड

चेम्बर पदाधिकारी र माओवादी अध्यक्ष प्रचण्डबीच भेट, भ्रष्टाचारमुक्त समाज निर्माणमा जोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको चेम्वरको पदाधिकारी एवं कार्यसमितिको टोलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भेटघाट गरी बधाई ज्ञापन गरेको छ ।

भेटमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा संयुक्त बाम गठबन्धनले पूर्ण बहुमत ल्याएसँंगै संक्रमणकालको अन्य भई स्थिर सरकार बनेर मुलुकको आर्थिक समृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले मुलुकको आर्थिक समृद्धिका लागि कानुनमा भएका त्रुटीहरुलाई सुधार गरी लागनीमैत्री वातावरण निर्माण गर्नुपर्ने अवाश्यकता औंल्याए ।

साथै आर्थिक विकासका लागि भ्रष्टाचारमुक्त समाजको आवश्यकतामाथि पनि विशेष जोड दिए ।
भेटघाटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँंगको सहकार्य महत्वपूर्ण रहेको बताए ।

यसकारण निजी क्षेत्रसँंग सहकार्य गरी अगाडि वढन आफूहरु तयार रहेको स्पष्ट पार्नुभयो । उहाँंले मुलुकको आर्थिक समृद्धिका लागि सुझाब दिन निजी क्षेत्रसँंग आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL