Logo

उद्योग व्यवसायमा कुनै समस्या छन् ? अर्थमन्त्रीले भने, म सबै हटाईदिन्छु

उद्योग व्यवसायमा कुनै समस्या छन् ? अर्थमन्त्रीले भने, म सबै हटाईदिन्छु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्योग व्यवसायमा भएका सबै खाले समस्या हटाउन आफु तयार रहेको बताए । ‘विद्यमान अवस्थामा उद्योग व्यवसाय संचालन गर्न वित्तीय क्षेत्रबाट के–कस्ता समस्या तथा बाधा अड्चन छन् त्यो म कहाँ लिएर आउनुस,’ नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित विद्यमान वित्तीय तथा मौद्रिक नीतिका समस्या सम्बन्धी छलफल कार्यक्रममा उनले भने, ‘कस्ता खालका समस्याले गर्दा काम गर्न सक्नु भएन त्यो म हटाइदिन्छु ।’

देशमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार लागि परेको जानकारी दिँदै अल्पकालिन भन्दा पनि दिर्घकालिन सोचबाट अघि बढ्नुपर्ने बताए । देशमा विकासमा सरकारी लगानी उत्प्रेरक मात्र भएको बताउँदै निजी क्षेत्रको लगानी विना मुलुक विकास सम्भव नभएको उनको दाबी थियो । विशेषगरी निर्यात प्रवद्र्धनका जोड दिनुपर्ने उनको तर्क थियो ।

कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अबका दिनमा सरकारले व्यवसायीलाई उजुरीका आधारमा पक्राउने गर्ने व्यवस्था खारेज गर्नुपर्ने बताए । ‘अहिले सरकारले व्यवसायीलाई उजुरीका आधारमा पक्राउन गरी अनावश्यक दुःख दिने तथा उनीहरुको बेइजत गर्ने काम गर्दै आएका छन्,’ उनले भने, ‘अबका दिनमा उजुरीको अधारमा होइन प्रमाणको आधारमा पक्राउ गर्नुपर्छ ।’

पछिल्लो समय सरकारका विभिन्न निकायले आफुखुशी नियम कानुन बनाउँदा पनि व्यवसायीलाई समस्या परेको श्रेष्ठको तर्क थियो । विशेषगरी नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले व्यवसाय गर्न कठिन भएको सम्बद्ध व्यवसायीहरुको गुनासो थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL