Logo

नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशतले हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशतले हुने एडीबीको प्रक्षेपण



काठमाडौं । चालु आर्थिक बर्ष नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशतले बढ्ने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । एडीबीले बिहीबार एशियन डेभलपमेन्ट आउटलुक २०८० सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धि उकालो लाग्ने प्रक्षेपण गरेको हो ।

laxmi

यसअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो । यता नेपाल सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी वृद्धि दर हुने अनुमान गरेको छ ।

पर्यटन आगमनमा वृद्धि र वैदेशिक मुद्रा संचितिमा लगातार उकालोपनले नेपालको आर्थिक वृद्धिमा सघाउने एडीबीको प्रतिवेदनमा उल्लेख छ । तर, उपभोक्ताको घट्दो क्रयशक्ति, विदेशिने युवाको संख्या, बजारमागमा गिरावटलगायतले भने यसमा असर गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL