Logo

सुनको मूल्य तोलाको १३ सयले घट्यो, चाँदीको भाउमा पनि गिरावट

सुनको मूल्य तोलाको १३ सयले घट्यो, चाँदीको भाउमा पनि गिरावट



काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलाको एक हजार तीन समय रुपैयाँले घटेर एक लाख ३२ हजार सात सय रुपैयाँ कायम भएको छ । बिहीबार यस्तो सुनको मूल्य तोलाको एक लाख ३४ हजार रुपैयाँ थियो ।

laxmi

शुक्रबार छापावाला सुनसँगै तेजावी सुनको मूल्य पनि घटेको छ । तेजावी सुनको मूल्य पनि तोलाको एक हजार तीन सय रुपैयाँले नै घटेर एक लाख ३२ हजार ५० रुपैयाँ कायम भएको छ । बिहीबार यसको मूल्य एक लाख ३३ हजार तीन ५० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंगका अनुसार बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी एक हजार ६ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार यसको भाउ एक हजार ६ सय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL