Logo

नियामकको वेवास्ताले उद्योगी व्यवसायी उच्च ब्याजदरको चपेटामा : उमेशलाल श्रेष्ठ

नियामकको वेवास्ताले उद्योगी व्यवसायी उच्च ब्याजदरको चपेटामा : उमेशलाल श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले नियामक निकायको वेवास्ताका कारण अहिले उद्योगी व्यवसायी मारको परेको बताएका छन् । उनले सल्यान उद्योग वाणिज्य संघको ९ औं साधारणसभामा बोल्दै नेपाल राष्ट्र बैंकले उचित र समयसापेक्ष नियम कानून नबनाउँदा समस्या उत्पन्न भएको उनको तर्क थियो ।

‘अहिलेको समस्या बैंक व्याजदर होइन अहिले पनि बैंकको वेसरेट १० प्रतिशतको हाराहारीमा छ,’ उनले भने, ‘तर राष्ट्र बैंकले बैंकको तजबिजीमा शुन्यदेखि ६ प्रतिशतसम्म प्रिमियम जोड्न पाउने व्यवस्था गरिदिएका कारण हामी साना तथा मझौला उद्योगी व्यवसायी समस्यामा परेका छौं ।’ अहिलेको अवस्थामा राष्ट्र बैंकले आधारदरमा थप गरेर लिने प्रिमियमलाई घटाउनु पर्ने समेत उनले बताए ।

यसैगरी देशको अर्थतन्त्रमा ७० प्रतिशत योगदान दिने निजीक्षेत्रलाई सरकारले गर्ने व्यवहार सम्मानजनकन नरहेको र साना तथा मझौला उद्योगीहरुलाई बैंकहरुले समेत बढी दुःख दिइरहेको उनले जानकारी दिए । कोभिडको समयमा बैंकलाई समस्या पर्दा व्यवसायीले कर्जा लिएर सहयोग गरेको र अहिले व्यवसायीलाई समस्या पर्दा बैंकले केही सहजता कायम गरिदिनुपर्ने उनको माग छ ।

साथै उनले स्थानीय तहमा जे कुराको सम्भावना छ सोहीलाई प्राथमिकता दिनुपर्ने बताए । सल्यान जिल्लामा कृषिको सम्भावना उच्च रहेको र अबका दिनमा प्रशोधन गरेर भ्यालु एड गरेर बिक्री गर्नुपर्ने बताए । ‘स्थानीय तहमा जसको सम्भावना छ त्यसलाई प्रवद्र्धन गर्नुपर्छ,’ उलने भने । साथै राजनीतिक नेतृत्वले अव्यवहारिक नीति नियम बनाएर आफुखुशी कार्यान्वयनमा लैजादा त्यसको असर निजी क्षेत्रमा परेको समेत उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL