Logo

अर्थतन्त्र सुधारिने बाटोतर्फ लम्किँदै छ : गभर्नर अधिकारी

अर्थतन्त्र सुधारिने बाटोतर्फ लम्किँदै छ : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए ।

laxmi

बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताए । ‘समस्या समाधानका लागि हामी खुला छौँ’, उनले भने, ‘केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ ।’ गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष ६ अर्ब बचत रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL