Logo

सुदूरपश्चिम सरकारले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट, ६५ प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य

सुदूरपश्चिम सरकारले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट, ६५ प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ३६ अर्ब ७४ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबार प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले चालु खर्चतर्फ कुल विनियोजित बजेटको ३३ दशमलव ४६ प्रतिशत अर्थात १२ अर्ब २९ करोड र पुँजीगत खर्चतर्फ २४ अर्ब १४ करोड ४७ लाख विनियोजन गरेको छ जुन कुल विनियोजित बजेटको ६५ दशमलव ७४ प्रतिशत हो। वित्तिय हस्तान्तरणतर्फ एक अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ ।

सरकराले उक्त खर्च व्यहोर्नका लागि आन्तरिक राजश्वबाट २ अर्ब, चालु आर्थिक बर्षमा खर्चबाट बचत हुने अनुमानित रकम ७ अर्ब, संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ९ अर्ब ६० करोड, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब २० करोड, सशर्त अनुदानबाट ६ अर्ब र संघीय रोयल्टीबाट ४ करोड २८ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL