काठमाडौं । नेपालमा उत्पादित विद्युत व्यापारमा केन्द्रित भएर आयोजना गर्न लागिएको पावर समिट बिहीबारदेखि शुरु हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान)ले यसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । पछिल्लो समय नेपालमा विद्युत उत्पादनको लहर चलिरहेको बेला यसको बजार विस्तारलाई केन्द्रमा राखेर उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । यसअघिका…