Logo

१२७ वर्ष पुरानो गोदरेज समूहमा अंशवण्डा : आदि-नादिरले ‘लिस्टेड’ र जमशेदले ‘ननलिस्टेड’ कम्पनी लिए

१२७ वर्ष पुरानो गोदरेज समूहमा अंशवण्डा : आदि-नादिरले ‘लिस्टेड’ र जमशेदले ‘ननलिस्टेड’ कम्पनी लिए



काठमाडौं । साबुनदेखि लकरसम्म देशको घरघरमा आफ्नो स्थान बनाएको गोदरेज समूह अब विभाजित हुन लागेको छ । गोदरेज परिवारले १२७ वर्ष पुरानो समूहलाई दुई भागमा विभाजन गर्ने सहमति गरेको छ । यस सम्झौताअन्तर्गत सम्पत्तिको एक हिस्सा ८२ वर्षीय आदि गोदरेज र उनका भाइ नादिरले पाउने छ न भने दोश्रो हिस्सा जमशेद र बहिनी स्मिता गोदरेजले पाएका छन् ।

laxmi

आदि र नादिरले गोदरेज इन्डस्ट्रिजलाई राख्नेछन्, जसमा पाँच सूचीकृत (लिस्टेड) कम्पनीहरू छन् । जमशेद र स्मिताले सूचीबद्ध नगरिएको (ननलिस्टेड) कम्पनी गोदरेज एण्ड बॉयसको ल्याण्ड बैंक र मुम्बईमा यससँग सम्बन्धित प्रमुख सम्पत्तिहरू विरासतमा पाएका छन् ।

गोदरेज उद्योग समूहमा सूचीकृत कम्पनीहरू गोदरेज इन्डस्ट्रिज, गोदरेज कन्ज्युमर, गोदरेज प्रोपर्टीज, गोदरेज एग्रोभेट र एस्टेक लाइफसाइन्सेस रहेका छन्् । यसको अध्यक्ष नादिर गोदरेज हुनेछन् र यो आदि गोदरेज, नादिर र परिवारद्वारा नियन्त्रित हुनेछ । आदिका ४२ वर्षीय छोरा पिरोजशा गोदरेज गोदरेज इन्डस्ट्रिजको कार्यकारी उपाध्यक्ष हुनेछन् । उनले अगस्ट २०२६ मा नादिरको स्थान लिनेछन् ।

अर्कोतर्फ, गोदरेज इन्टरप्राइजेज समूहमा गोदरेज एण्ड बोयस र यसका सहयोगीहरू छन्, जसको एरोस्पेस र एभिएसनदेखि रक्षा, फर्निचर र आईटी सफ्टवेयरसम्मका धेरै उद्योगहरूमा उपस्थिति छ । यसलाई जमशेद गोदरेजले अध्यक्ष र एमडीको रूपमा नियन्त्रण गर्नेछन् । उनकी बहिनी स्मिताकी छोरी ४२ वर्षीया न्यारिका होल्कर यसको कार्यकारी निर्देशक हुनेछिन् । सोही समूहको मुम्बईमा ३,४०० एकड जमिनको बैंक पनि छ । समूहको कुल मूल्य लगभग २.३४ लाख करोड भारतीय रुपैयाँ छ ।

गोदरेज समूहमा तीन वर्षदेखि विभाजनको प्रक्रिया चलिरहेको थियो । अब विभाजनपछि परिवारका सदस्यले एकअर्काको कम्पनीमा सेयर बेचेर बाहिरिनेछन् । आदि र नादिर गोदरेजले यस वर्षको सुरुमा गोदरेज एण्ड बॉयसको बोर्डबाट राजीनामा दिएका थिए भने जमशेद गोदरेजले जीसीपीएल र गोदरेज प्रोपर्टीजको बोर्डमा सिट त्यागेका थिए । यो समूह अर्देशिर गोदरेज र पिरोजशा बुर्जोरजी गोदरेज गोदरेजद्वारा सन १८९७ मा स्थापित स्थापित भएको थियो । समूहको कुल मूल्य लगभग २घद्ध लाख करोड रुपैयाँ छ ।

गोदरेज ग्रुपका संस्थापक अर्देशिर गोदरेजले पत्रिकाबाट ताला बनाउने आइडिया लिएर कम्पनी शुरु गरेका थिए । अर्देशिर गोदरेजले तीन हजार रुपैयाँ लिएर सर्जरी ब्लेडको व्यापार सुरु गरेका थिए, जुन चल्न सकेन् । गोदरेजले ‘मेड इन इण्डिया’ लेख्नका लागि ब्रिटिससँग अडिग बन्दा उनको पहिलो बिजनेस चल्न सकेन । अर्देशिर गोदरेजको पहिलो व्यवसाय बन्द भएपनि उनले हार मानेनन् । एक दिन पत्रपत्रिका पढ्दै गर्दा उनको आँखामा एउटा समाचार आयो । यो खबर बम्बईमा भएका चोरीका घटनासँग सम्बन्धित थियो । बम्बे पुलिस कमिश्नरले मानिसहरूलाई उनीहरूको घर र कार्यालयको सुरक्षा सुधार गर्न आग्रह गरेका थिए । यो खबरसँगै अर्देशिरको दिमागमा ताला बनाउने आइडिया आयो ।

त्यतिबेला तालाहरू थिएनन् भन्ने होइन । तर गोदरेजले यस्ता ताला बनाएका थिए जुन पहिलेभन्दा धेरै सुरक्षित थिए । फेरि ऋण लिएर बम्बे ग्यास वर्कसको छेउमा २१५ स्क्वायर फिटको गोदाम खोलेर त्यहाँ ताला बनाउने काम सुरु गरे । यससँगै सन् १८९७ मा ‘गोदरेज’ कम्पनीको जन्म भएको थियो । केही समयपछि उनका कान्छो भाइ पिरोजशा पनि व्यवसायमा लागे र उनीहरू गोदरेज ब्रदर्स भनेर चिनिन थाले । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL