Logo

एफएनसीसीआई निर्वाचन : प्यानल बनाउँदै वरिष्ठका उम्मेदवार अञ्जन, उपाध्यक्षमा अरुण, ज्योत्सना र मनिष

एफएनसीसीआई निर्वाचन : प्यानल बनाउँदै वरिष्ठका उम्मेदवार अञ्जन, उपाध्यक्षमा अरुण, ज्योत्सना र मनिष



काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन मिति नजिकिएसँगै उद्योगी–व्यवसायीले आफ्नो टीम निर्माणमा धयान केन्द्रित गरेका छन् । चैत २८ र २९ गते हुने महासंघको साधारणसभामा हुँदैछ । सोही साधारणसभाबाट हुने निर्वाचनले वरिष्ठा उपाध्यक्षसहित महासंघको नयाँ कार्यसमिति चयन गर्दैछ ।

laxmi

यसै सन्दर्भमा वरिष्ठ उपाध्यक्षका लागि तयारी गरिरहेका व्यवसायी अञ्जन श्रेष्ठले आफ्नो प्यान निर्माणमा तीव्रता दिएका हुन् । श्रेष्ठको प्यानलबाट अन्य उपाध्यक्ष उम्मेदवारसमेत घोषणा गरिएको छ । मंंगलबार एक कार्यक्रमबीच श्रेष्ठले उपाध्यक्ष उम्मेदवारहरु सार्वजनिक गरेका हुन् । ‘महासंघमा युवा पुस्ताको माग छ,’ उनले भने, ‘सम्पूर्ण निजी क्षेत्रको भावनालाई समेट्ने गरी हाम्रो टिम बन्दैछ ।’ वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठ बर्तमान कार्यसमितिमा वस्तुगत उपाध्यक्ष भएर काम गरिरहेका छन् ।

श्रेष्ठको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा मनिसलाल प्रधान उम्मेदवार बन्दैछन् । केही समयपछि औपचारिक रुपमा प्यानल घोषणा गर्ने तयारी गरिरहेका श्रेष्ठ युवालाई प्राथमिकतामा राख्दै आफ्नो टिम बनाएको बताउँछन् ।

अघिल्लो पटक वस्तुगत उपाध्यक्षमा विजयी भएदेखि नै अञ्जनले वरिष्ठ उपाध्यक्षको उम्मेदवारीका लागि तयारी गरेका थिए । लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जनसँग ३ दशकभन्दा बढी व्यावसायिक क्षेत्रमा सक्रिय रहेको अनुभव छ । नाडाको पूर्व अध्यक्षसमेत भइसकेका श्रेष्ठ महासंघमा पनि विभिन्न पदमा रहेर डेढ दशकयता सक्रियरुपमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL