Logo

नेपाल औषधिले थाल्यो १० बर्षपछि एमजीट उत्पादन, थप १० औषधि उत्पादनका लागि अनुमति

नेपाल औषधिले थाल्यो १० बर्षपछि एमजीट उत्पादन, थप १० औषधि उत्पादनका लागि अनुमति



काठमाडौं । नेपाल औषधि लिमिटेडले एमजीटसहित थप १० प्रकारका औषधि उत्पादनका लागि अनुमति पाएको छ । हाल जीवनजल, सेनिटाईजर, सिटामोल र डिस्टिल वाटर मात्रै उत्पादन गरिरहेको कम्पनीलाई औषधि व्यवस्थापन विभागले बुधबार थप १० प्रकारका औषधि उत्पादनको अनुमति दिएको हो ।

laxmi

अब औषधि लिमिटेडले गर्भावस्थाका बेलामा प्रयोग गरिने आईरन फोलिक एसिड चक्की, जुकाको औषधि, एजिथ्रोमाइसनलगायतका औषधि उत्पादन गर्ने कम्पनीका महाप्रवन्धक मोहम्मद सफुल्लाले बताए । उनका अनुसार विभागले कम्पनीलाई बुधबार मात्रै १० औषधि उत्पादनको अनुमति दिएको र सोही अनुसार कम्पनीले चाँडै त िऔषधिहरुको उत्पादन गरी बजारमा पठाउने योजना बनाएको उनले बताए ।

‘सरकारले अनुमति दिएको औषधि उत्पादन गर्नसक्ने क्षमता हामीसँग पर्याप्त छ,’ उनले भने, ‘हामी सोहीअनुसार औषधि उत्पादन गरी बजारमा गुणस्तरीय र सस्तो औषधि वितरण गर्नेछौं ।’ हालसम्म ४ प्रकारका उत्पादन गर्दै आएको लिमिटेडले अब १४ प्रकारका औषधि उत्पादन गर्ने उनले बताए । विभागले लिमिटेडलाई थप औषधि उत्पादन गर्ने मौका दिएको बताए ।

लिमिटेडले कोरोनाक.ा बिरामीलाई आवश्यक एजिथ्रोमाइसन, सिप्रोफ्लोक्सासिन र सेट्लीजिन नामक औषधि उत्पादन गर्नेछ । यस्तै पेटसम्बन्धी रोगका विरुद्ध आवश्यक जुकाको लागि अल्बिण्डाजोल, आउँ तथा पखालाको लागि एमजीटको पनि उत्पादन गर्नेछ । बजारमा कम मूल्य र गुणस्तरिय औषधि उपलब्ध गराउने उद्धेश्यसहित यी औषधिको उत्पादन गर्ने महाप्रवन्धक सफुल्लाले बिजखबरलाई जानकारी दिए । जसमा जुकाको औषधि अलविण्डाजोल भने हालसम्मकै नयाँ फ्लेवरमा आउने र पहिलेको तुलनामा मोडिफाइ गरेर भिन्न किसिमको हुने बताईएको छ ।

विस २०६० सम्म १ सय २० प्रकारका औषधि उत्पादन गर्दै वितरण गरिरहेको लिमिटेड विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गर्न नसकेपछि १० वर्षअघि बन्द भएको थियो । सरकारले निजी क्षेत्रले उत्पादन गर्ने औषधिको मूल्य अस्वाभाविक महँगो भएको बढ्दो गुनासो सम्बोधन गर्दै निःशुल्क बाँड्ने औषधिमा आत्मनिर्भर बन्नका लागि कम्पनीलाई पुनः सञ्चालन गर्ने निर्णय विस २०७१ सालमा गरिएको थियो । तत्कालीन उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री नविन्द्रराज जोशीले औषधि लिमिटेडलाई पुनर्जीवन दिने काम अघि बढाएका थिए ।

विस २०६६ सालदेखि ग्लिसिरिन र डिस्टिल वाटर मात्रै उत्पादन गरिरहेको कम्पनीले विस २०७४ सालको बैशाखमा पुनः जीवनजल उत्पादन थालेको थियो । सोही अवधिमा नै आगामी ३ महिनाभित्र सिटामोललगायतका ट्याब्लेट औषधि उत्पादन गर्ने लक्ष्य लिमिटेडले लिएको थियो । तर, कच्चापदार्थ देखि कम्प्रेसर मेशिनसम्म भारतबाट ल्याउनुपर्ने भएपछि केही समय लागेको थियो । त्यसपश्चात कम्पनीले कोरोना महामारी फैलिईरहेको अवस्थामा सेनिटाइजर र सिटामोलको उत्पादन पनि थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL