Logo

 आइओसीले एअर इन्डियाको इन्धन कटौती गर्न सक्ने

 आइओसीले एअर इन्डियाको इन्धन कटौती गर्न सक्ने


रामराजा श्रेष्ठ
27
Shares

 

बिजखबर संवाददाता,२६ कात्तिक, काठमाडौं । इन्डियन आयल कर्पोरेसन( आइओसी ) ले  भारतीय सरकारी विमान कंपनी एअर इन्डियाको जहाज इन्धन (एटिएफ) बन्द गर्न सक्ने भएका छ । भारतीय अनलाइन अमर उजालाका अनुसार  आइओसीले सम्पुर्ण भुक्तानी गर्न एअर इन्डियालाइ सुचना दिइसकेको छ । तोकिएको समयमा सम्पुर्ण बक्यौता नतिरे  कंपनी लाई दिंदै आएको इन्धन बन्द गरिदिने चेतावनी पनि आइओसीले दिएको छ ।

भारत सरकारले आइओसीलाई  ३ हजार ८ सय ३३ करोड भारतीय रुपैंया भुक्तानी दिएको छ। तर आइओसीले भने बाँकि  रकम चुक्ता नगरे छिट्टै इन्धन कटौती गरिने बताएको छ ।

एअर इन्डियाले आइओसीलाई २१ हजार १ सय ६१ करोड भारु  तिर्न बाँकि छ । यो रकमको   ब्याज मात्रै ५ सय ३७ करोड  पुगेको आइओसीले बताएको छ ।

पटक पटक रकम  आग्रह गर्द पनि रकमा भुक्तानी नगरे इन्धन बन्द गर्नुको विकल्प नरहेको आइओसीले स्पष्ट पारेको छ ।

 

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL