Logo

उर्जा क्षेत्रमा ५० अर्व, भूकम्प पीडितका लागि पोर्टेवल मेटालिक रकेट स्टोभ

उर्जा क्षेत्रमा ५० अर्व, भूकम्प पीडितका लागि पोर्टेवल मेटालिक रकेट स्टोभ


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता
२९ असार,काठमाडौं । सरकारले आर्थिक बर्ष २०७२\ ७३ का लागि जलविद्युत, प्रसारण र वितरणमा ४५ अर्ब ७२ करोड र बैकल्पिक उर्जामा रु ५ अर्व ४९ करोड छुट्याएको छ ।

सरकारी क्षेत्रबाट निर्माणाधीन सबै जलविद्युत आयोजनाहरु निश्चित समयमा सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तिव्रता दिइने अर्थमन्त्री डा. रामशरण महतले बताए ।  साथै बहुउद्देश्यीय र जलाशययुक्त विद्युत आयोजनाहरुको पहिचान,अध्ययन, तथा विकासलाई प्राथमिकता दिइने अर्थमन्त्री महतले बताए ।

यसका लागि कर्णाली चिसापानी जौमुरे,सुनकोशबी, माथिल्लो अरुण,आँधीखोला,उत्तरगंगा आयोजनाहरुको अध्ययन कार्य प्राथमिकताका साथ अघि बढाइनेछ ।

त्यसैगरी निर्यातमुलक ८ सय मेगावाट क्षमताको तामाकोशी तेस्रो र ४ सय मेगावाट क्षमताकाृ मस्र्यादी जलविद्युत आयोजना निर्माणका लागि वार्ता प्रक्रिया अगाडी आगामी बर्ष गरिने छ । विप्रेषणलाई उत्पादनशील क्षेत्र र पूँजी निर्माणमा उपयोग गर्न ‘रेमिट हाइड्रो’ अवधारणा अन्तर्गत विकास कार्य अघि बढाइने बताइएको छ ।

उत्पादिन विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रसारण लाइन निर्माणमा रहेको जग्गा प्राप्ति र रुख कटानको समस्यालाई समन्वयात्मक ढंगबाट गरी प्रसारण लाइन निर्माण गरिने छ । प्रसारण लाइनका लागि १२ अर्व ६३ करोड छुट्याइएको । राष्ट्रिय तथा अन्तराष्ट्रिय विद्युत व्यापारको लागि विद्युत व्यापार कम्पनी स्थापना गरिने ।

भूकम्पले घर पूर्ण रुपमा क्षति भएका परिवारलाई बत्ती बाल्न तथा मोवाइल चार्ज गर्न सौर्य बत्ती उपलब्ध गराइने भएको छ । साथै भूकम्प प्रभावित जिल्लाहरुका परिवारका लागि तत्काल राहत स्वरुप पोर्टेवल मेटालिक रकेट स्टोभ जडान गरिदिने महतल बताएका छन् । सो कार्यका लागि ४ अर्ब ८५ करोड लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Skip This