Logo

बजाजको नयाँ वर्ष २०७८ अफर : शुन्यबाट लाखौं लाख रुपैयाँ जित्न सकिने, सहभागी हुँदा १० हजार निश्चित

बजाजको नयाँ वर्ष २०७८ अफर : शुन्यबाट लाखौं लाख रुपैयाँ जित्न सकिने, सहभागी हुँदा १० हजार निश्चित



काठमाडौं । हंसराज हुलास चन्द एण्ड कं प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि अफर सार्वजनिक गरेको छ । नेपालको लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरक रहेको कम्पनीले ‘बजाज शून्य’ अफर ल्याएको हो ।

laxmi

जसबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जित्न सक्ने अफर कम्पनीले ल्याएको छ । उक्त अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट खरिद गर्नुपनेछ ।

यो योजना अनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएस मार्फत प्राप्त आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएस  मार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्नेछन् । अर्थात् यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि रु. १० हजार निश्चित रुपमा प्राप्त गर्न सक्नेछन् ।


यो योजना प्रथम विज्ञापन प्रकाशित भएको मितिदेखि अन्तिम विज्ञापन प्रकाशित भएसम्म लागू हुनेछ ।
कम्पनीका अनुसार नयाँ वर्षमा यो अफर ल्याउनको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई शून्य टेन्सन दिएर बजाजको उत्कृष्ट बाइकहरुको सवारीले निश्चिन्त बनाउनु नै हो ।

प्रतिक्रिया दिनुहोस्
MBL