Logo

मध्यमोदी जलविद्युत् आयोजनामा चौधरी ग्रुपको लगानी, ४४ मेगावाटको सुपरमादी पनि बनाउँदै

मध्यमोदी जलविद्युत् आयोजनामा चौधरी ग्रुपको लगानी, ४४ मेगावाटको सुपरमादी पनि बनाउँदै


रामराजा श्रेष्ठ
27
Shares

middle modi
बिजखबर संवाददाता
७, मंसिर, काठमाडौं । चौधरी ग्रुपले मध्य मोदी (मिडिल मोदी) जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आइतवार एक कार्यक्रमबीच उक्त जलविद्युत् आयोजनाको शिल्यान्यास गरेका छन् । नेपाल जल विद्युत् पूर्वाधार तथा विकास लिमिटेडले यस परियोजना विकास गर्नेछ । चौधरी ग्रुप र कोस्टल इन्डिया यस कम्पनीका मुख्य साझेदार हुन् ।
मध्य मोदी जल विद्युत् परियोजना निर्माणस्थल पर्वत जिल्लाको भुकताङ्ले–१ भुरुङडाँडामा छ भने पावर हाउस पर्वत जिल्लाको देउवापुर–२ मानिनश्वाँरामा रहनेछ । यस परियोजनाको विद्युत् उत्पादन क्षमता १५.१ मेगावाटको हुनेछ । उक्त आयोजना निर्माणको जिम्मा हिमाल हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले पाएको छ । कम्पनीले मध्य मोदी जल विद्युत् परियोजना निर्माण प्रारम्भ भएको तीन बर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । यस परियोजनाको लागत करिब दुई अर्ब ८० करोड रुपैयाँ रहने अनुमान गरिएको छ ।

cg (4)
मोदी खोलामा ‘रन अफ रिभर’ मोडलमा निर्माण हुने यस परियोजनाको विद्युत् २.४ किलोमिटर लामो १३२ केभी प्रशारण लाईनमार्फत केरुङ्गामा ल्याई नेशलन ग्रिडमा जोडिनेछ । निकट भविष्यमै चौधरी ग्रुपले साझेदारहरुसँगको सहकार्यमा ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् परियोजना निर्माणको तयारी समेत गरिरहेको छ ।
शिल्यान्यस कार्यक्रममा बोल्दै चौधरीले नेपालको जल विद्युत् परियोजनामा लगानी गर्ने आफ्नो सपना पुरा हुन लागेको बताएका छन् । ‘जलविद्युत् आयोजनामा लगानी गर्न पाउँदा खुशी भएको छु,’ चौधरीले भने, ‘उक्त आयोजना निर्माण भएपछि देशका लागि अत्यावस्यक रहेको विद्युत् आपूर्तिमा थोरै भए पनि योगदान पु¥याउने छ ।’
सन् २००८ मा चौधरी ग्रुपले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुसँगको साझेदारीमा करिब १ हजार ५ सय मेगावाट जल विद्युत् उत्पादन क्षमता भएका परियोजनाहरुमा लगानी गर्ने निर्णय लिइसकेको थियो । तर, त्यतिबेला देशभित्र लगानीको वातावरण बन्न नसक्दा साझेदार अन्तर्राष्ट्रिय लगानीकर्तासँगै पछि हट्नु परेको चौधरीले बताए । ‘त्यतिखेर अगाडि बढाइएका परियोजनाहरु सम्पन्न गर्न सकिएको भए सायद अहिले आम नेपाली नागरिकले दैनिक १६ घण्टाको लोडसेडिङ भोग्नुपर्ने थिएन,’ कार्यक्रममा चौधरीले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL