Logo

महानगरले साझालाई दियो बस खरीदको जिम्मा, तिहारलगतै प्रक्रिया शुरु गरिने

महानगरले साझालाई दियो बस खरीदको जिम्मा, तिहारलगतै प्रक्रिया शुरु गरिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं महानगरपालिकाले बस खरीदको जिम्मा साझा यातायातलाई नै दिने भएको छ । साझाले बस किन्दा कर कम पर्ने भन्दै महानगर बोर्ड बैठकले कात्तिक ११ गते यस्तो निणर्य गरेको हो ।

महानगरले १० करोड रुपैयाँ बराबरका ठूला बस खरिद गरेर साझा यातायातलाई हस्तान्तरण गर्ने तयारी गरेको थियो । ‘सोहि अनुसार १० करोड रुपैयाँ साझालाई दिएर बस खरीद गर्न लगाउने महानगरका पिपीपी शाखा प्रमुख शिव अधिकारीले बताए ।

महानगर र साझा यातायातले गत साउन २६ गते १० करोड रुपैयाँ बराबरका सुविधासम्पन्न बस खरिद गरेर साझालाई हस्तान्तरण गर्ने सम्झौता गरेको थियो ।
सहरी यातायातलाई सेवामुखी बनाउने उद्देश्यका साथ महानगरले साझालाई ६ महिनाभित्र बस खरिद गरेर स्वामित्व हस्तान्तरणको सम्झौता गरेका थिए।

अधिकारीका अनुसार असोज १२ गते अपांगमैत्री र कम्तीमा ४० सिट क्षमताका बस खरिद गर्न ग्लोबल टेन्डर गरेको थियो ।

तिहारपछि सम्झौता पुनरावलोकन गरेर साझाले बस किन्ने प्रक्रिया सुरु गर्न सक्ने उनले जानकारी दिए । १० करोड रुपैयाँमा हाम्रो मापदण्डका करिब २५ वटा ठूला बस आउनेछन् उनले भने सोहि अनुसार महानगरले रकम हस्तान्तरण गर्ने छ ।

साझाले पनि महानगरलाई बसको मूल्यअनुसार सेयर दिने निर्णय गरिसकेको छ। साझाले काठमाडौं र ललितपुर जिल्लाका दुई रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL