Logo

सौर्य उर्जामा २२ अर्ब १७ करोड लगानी भित्र्याउन समझदारीपत्रमा हस्ताक्षर, १२ महिनाभित्र डिएफएसआर तयार गर्न निर्देशन

सौर्य उर्जामा २२ अर्ब १७ करोड लगानी भित्र्याउन समझदारीपत्रमा हस्ताक्षर, १२ महिनाभित्र डिएफएसआर तयार गर्न निर्देशन



काठमाडौं । लगानी बोर्ड नेपालले ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न एक सम्झौता गरेको छ । बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभी बीच समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको हो ।

laxmi

सम्झौता अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १ सय २५ – १ सय २५मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ । उक्त परियोजनाको कुल अनुमानित लागत २२ अर्ब १७ करोड १५ लाख रुपैयाँ (१८ करोड ९५ लाख अमेरिकी डलर) रहेको छ । लगानी बोर्ड कार्यालयमा सम्पन्न एमओयुमामा बोर्ड कागरेका हुन् ।

एमओयु अनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र डिएफएसआर तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ । २०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४ औं बैठकले उक्त कम्पनीलाई डिएफएसआर तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो ।

प्रतिक्रिया दिनुहोस्
MBL