Logo

दिगोको ब्रान्ड अम्बासडरमा कलाकार मदनकृष्ण श्रेष्ठ, सबै रेन्जका विद्युतीय गाडीको प्रर्वद्धन गर्ने

दिगोको ब्रान्ड अम्बासडरमा कलाकार मदनकृष्ण श्रेष्ठ, सबै रेन्जका विद्युतीय गाडीको प्रर्वद्धन गर्ने



काठमाडौं । दिगोले आफ्नो ब्रान्ड अम्बासडरमा कलाकार मदनकृष्ण श्रेष्ठलाई राखेको छ । अब उनि दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको ब्रान्ड दूतको भूमिकामा रहनेछन् । 

laxmi

यो साझेदारी सुरु गर्नका लागि मदनकृष्ण श्रेष्ठसँग मिलेर शून्य उत्सर्जनको लक्ष्यलाई प्रर्वधन गर्ने दिगो विद्युतीय सवारी साधनको अभियान सञ्चालन गर्न पाउँदा दिगो निकै उत्साहित भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पहिलोपटक विद्युतीय सवारी साधनको ब्रान्डलाई अनुमोदन गर्दै श्रेष्ठले भने, ‘हामीले यातायातको स्वरुप गम्भीरतापूर्वक मनन गर्न थालेको यो महत्वपूर्ण समय हो । इ–मोबिलिटीको आर्थिक र वातावरणीय फाइदा निकै ठूलो छ । हामीले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै वातावरणीय हिसाबले दिगो नेपालको मार्ग प्रशस्त गर्न सक्छौं । हामीले हाम्रो भविष्यलाई त्यसतर्फ लैजाने प्रतिबद्धता जनाउन सक्यौं भने मात्र शून्य उत्सर्जन र शून्य व्यवधानको भविष्य सम्भव छ । चीरस्थायी विकास र नेपालीको सुस्वास्थ्यसँग मेल खाने अवधारणा बोकेको दिगोसँग साझेदारी गर्न पाउँदा म प्रशन्न छु ।’


‘उत्सर्जनशून्य’ भविष्यको लक्ष्य हासिल गर्न दिगोले विद्युतीय मोबिलिटीको पूर्ण इकोसिस्टम विकास गर्नुका साथै सिएटिएल, स्टार चार्ज, डिएफएसके, सिएचटिसी, जोयलङ जस्ता यस क्षेत्रका नेतृत्वदायी कम्पनीहरुसँग सहकार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL