Logo

चीनबाट अनुदानको पेट्रोलियम ३ दिनभित्र नेपाल आइपुग्ने

चीनबाट अनुदानको पेट्रोलियम ३ दिनभित्र नेपाल आइपुग्ने


बिजखबर संवाददाता
27
Shares

चीन सरकारले नेपाललाई दिन लागेको अनुदानको पेट्रोलियम पदार्थ ३ दिनभित्र नेपाल आइपुग्ने भएको छ । चीनबाट पेट्रोलियम पदार्थ ल्याउनका सम्पूर्ण तयारी पुरा भइसकेकाले चाँडैने नेपाल आइपुग्ने नेपाल आयाल निगमका महाप्रवन्धक गोपालबहादुर खड्काले बताए । ‘चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको तेल ल्याउन निगमले गाडी तयारी गरिसकेको छ,’ उनले भने, ‘२/३ दिनभित्र नेपाल आइपुग्ने छ ।’

भारतले पेट्रोलियम पदार्थ निकासीमा कटौती गरेपछि नेपालले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने औपचारिक निर्णय गरेको थियो । उक्त निर्णयसँगै चीनले १ हजार टन(१० लाख लिटर) पेट्रोलियम पदार्थ अनुदानमा दिने जानकारी गराएको थियो । चीनबाट ल्याइने पेट्रोलियमले बढी माइलेज दिनुका साथै सवारीसाधनको आयु समेत बढ्ने निगमको दावी छ ।

china-national-petrolian-cooperation (2)

 

खड्काका अनुसार चीन सरकारले दिने पेट्रोलियम पदार्थ यूरो ४ मापदण्डको हुनेछ । हाल इन्डियन आयल कर्पोरेशनले नेपाललाई यूरो ३ मापदण्डको पेट्रोलियम उपलब्ध गराउँदै आएको छ । हाल चीनबाट आयात गर्न लागिएको पेट्रोलियम पदार्थ भारतबाट आयात गरिनेभन्दा धेरै गुणस्तरिय हुने समेत उनले जानकारी दिए ।

चीनबाट स्थायी रुपमा तेल ल्याउने विषयमा भने नेपाल सरकार र चीन सरकारबीच आपसी छलफल भइरहेको छ । नेपाल आयाल निगम र चाइना नेशनल पेट्रोलियम कर्पोरेशनवीच कसरी सम्झौता गरेर तेल ल्याउने भन्ने विषयमा टुङ्गो नलागिसकेको खड्काले जानकारी दिए । तर, चीनले भने नेपाललाई आवश्यक पर्ने पेट्रोलियम पदार्थ उपलब्ध गराउने जानकारी दिँदै आएको छ । जसले गर्दा आइओसीले पूर्व सर्त अनुसार पेट्रोलियम पदार्थ नदिएपनि कुनै असर नपर्ने निगम स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL