Logo

नेपालमा असोज ११ गते ओपो एफ–१७ प्रो सार्वजनिक गरिंदै, मूल्य ३२ देखि ३८ हजार रुपैंयाँ पर्ने

नेपालमा असोज ११ गते ओपो एफ–१७ प्रो सार्वजनिक गरिंदै, मूल्य ३२ देखि ३८ हजार रुपैंयाँ पर्ने



काठमाडौं। नेपालमा ओप्पो कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ १७ प्रो सार्वजनिक गर्ने भएको छ ।

laxmi

कम्पनीले असोज ११ गते अनलाइन ईभेन्टमार्फत एफ १७ प्रो सार्वजनिक हुने जानकारी गराएको छ । एफ १७ प्रो दुई आकर्षक रंग म्याट ब्ल्याक र म्याजिक ब्ल्यू रंगमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

ओपो एफ १७ प्रोमा ६ वटा एआई पोट्रेट क्यामेरा, ३० वाट भोक फ्ल्याश चार्ज ४.० का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्ले र नवप्रबर्तनात्मक शाइनी म्याट कलर्स लगायत फिचर्सहरु पनि उपलब्ध छन् ।

असोज ११ गते अनलाइन मार्फत सार्वजनिक हुने कार्यक्रममा ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप बिक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राईलगायतको उपस्थिति रहने जनाइएको छ । नेपालमा यसको मूल्य ३२ देखि ३८ हजार रुपैंयाँ पर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL