Logo

देउराली जनता फर्मास्यूटिकल्सले थाल्यो कोरोना उपचारमा प्रयोग हुने औषधि ‘फाभिपिराभिर’ उत्पादन, ‘क्लिनिकल ट्रायल’को अनुमति

देउराली जनता फर्मास्यूटिकल्सले थाल्यो कोरोना उपचारमा प्रयोग हुने औषधि ‘फाभिपिराभिर’ उत्पादन, ‘क्लिनिकल ट्रायल’को अनुमति



काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्सले उत्पादन गरेको कोरोना उपचारमा प्रयोग हुने औषधि फाभिपिराभिर–२०० एमजीले क्लिनिकल ट्रायल अनुमति पाएको छ ।

laxmi

फाभिर २०० ट्याबलेटलाई सरकारले कोभिड–१९ को उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनका लागि अनुमति दिएको देउराली जनताले जानकारी गराएको छ । यो औषधि क्लिनिकल अध्ययनमा उपलब्ध गराउने गरि औषधि व्यवस्था विभागबाट मंगलबार स्वीकृति पाइएको कम्पनीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ का बिरामीहरूको उपचाररप्रयोग गर्न चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुने गरी विभागबाट स्वीकृति प्राप्त भएको हो ।
यो औषधि विश्वका अन्य सात राष्ट्रले मात्रै उत्पादन गरेका छन् । औषधि उत्पादन गर्ने नेपाल आठौं देश भएको दाबी उत्पादक कम्पनी देउराली जनताको छ ।

हालसम्म फाभिपिराभिर ट्याब औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशलगायतका देशले कोभिड–१९ को उपचारमा अत्यावश्यक अवस्थामा प्रयोग गर्न स्वीकृति दिएका छन् ।

औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट माग वा निर्देशन भएमा आवश्यक मात्रामा औषधि उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार विभागबाट अनुमति लिएर उत्पादन भएको उक्त औषधिको क्लिनिकल अध्ययनको लागि अनुमति दिइएको हो । अन्तर्राष्ट्रियस्तरमा पनि उपयोग र धेरै प्रयोग भइरहेकाले नेपालमा पनि क्लिनिकल अध्ययनको अनुमति दिइएको ढकालले बताएका छन् ।

अनुमतिपछि कति बिरामीमा परीक्षण गर्ने, कति परीक्षणलाई सफल मान्ने भन्ने कुरा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्ने प्राविधिक र वैज्ञानिक अध्ययनबाट मात्रै थाहा हुने ढकालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL