Logo

दक्षिण कोरियाली राजदुत र चेम्बर पदाधिकारीबीच छलफल, जलविद्युत पूर्वाधार विकाशमा जोड

दक्षिण कोरियाली राजदुत र चेम्बर पदाधिकारीबीच छलफल, जलविद्युत पूर्वाधार विकाशमा जोड



काठमाडौं । नेपालका लागी दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क सी हो सुकसंग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठबीच छलफल भएको छ । उक्त छलफलमा राजदूत सुकले आफ्नो कार्यकालमा जलविद्युत लगायत पूर्वाधारको विकाशमा कार्य गर्ने बताएका छन् । यस्तै उनले उक्त छलफलमा वैदेशिक लगानी विस्तार व्यापार घाटा घटाउने विषयमा र वैदेशिक रोजगारीकोलागी सरल सहज व्यवस्थाकोलागी कार्य गर्ने समेत बताए ।

laxmi

उक्त भेटघाटमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नव नियुक्त राजदूत सुकको नेपालमा स्वागत तथा कार्यकालको सफलताको कामना गरेका छन् । उनले सन २०१५ देखि चेम्बर एक्स्पो नियमित रुपमा गरि रहेको, दक्षिण कोरियासंग कुटनीतिक सम्बन्ध स्थापना पछि व्यापार, लगानी, पर्यटन प्रवर्द्धनमा उल्लेखनिय विकाश भएको बताए । तर नेपालबाट दक्षिण कोरिया संग व्यापार घाटा प्रत्येक वर्ष बढ्दै सन् २०१७(२०१८मा निर्यात केवल १६ लाख अमेरिकी डलर बरावर भएको र आयात ९ करोड़ ७३ लाख अमेरिकी डलर वरावर भै ठूलो व्यापार घाटा सहनु परेको बताए।

दक्षिण कोरियासंग इलेक्ट्रॉनिक्स होटल,केमिकल उद्योग,औषधि र मिनरल वाटरमा संयुक्त लगानीका परियोजना सन्चालनमा रहेको र ३५७ व्यापारिक प्रतिष्ठानवाट करीब १२ अरव ५७ करोड़ ४० लाख बराबरको व्यावसायिक औद्योगिक लगानी दक्षिण कोरियाबाट आएको स्मरण गराए।


दुबै देशबीचमा आर्थिक सम्बन्ध अभिवृद्धि गर्नको लागी नेपाल चेम्बर र कोरिया चेम्बर बीच समझदारी पत्रमा हस्ताक्षर, लगानी तथा पर्यटन प्रवर्द्धन, दक्षिण कोरियाको प्रविधी नेपालमा भित्र्याउने व्यापारिक प्रतिनिधी मण्डलको आदान प्रदान, शीप विकास र प्रशिक्षण,कृषि क्षेत्रको विकाश,कोभिड १९ पछिको आपसी सहयोग आदी क्षेत्रहरुमा दक्षिण कोरिया बाट सहयोग,प्राविधिक सहायक आउने अपेक्षा एंव विश्वास अध्यक्ष श्रेष्ठले राखे । सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्ष दीपक कुमार मलहोत्रा समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL