Logo

नेपाल रेडक्रस र कोका-कोलाद्वारा सहकार्य, विभिन्न स्वास्थ्य सुरक्षा सामग्री वितरण

नेपाल रेडक्रस र कोका-कोलाद्वारा सहकार्य, विभिन्न स्वास्थ्य सुरक्षा सामग्री वितरण



काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र कोका—कोला नेपालले कोभिड—१९ महामारीका बाबजुद सक्रियताका साथ आफ्नो काममा खटिरहेका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा र भलाई सुनिश्चित गर्न निरन्तर सुरक्षा सामग्रीहरु वितरण गर्दै आइरहेको छ ।

laxmi

कोभिड—१९ को फैलावटलाई कम गर्न अग्रपंतिमा खटिएका रेडक्रस एम्बुलेन्सका सवारी चालकहरु, रक्तसञ्चार सेवाका प्राविधिकहरु तथा क्वारेन्टिनमा खट्ने स्वयंसेवाहरुको लागि एन९५ मास्क, सुरक्षा बुट र स्यानिटाइजर जस्ता व्यक्तिगत सुरक्षा सामग्रीहरु वितरण गरेको हो ।

असार १७ गतेबाट शुरु सो वितरण कार्यक्रमको लक्ष्य देशभरका सबै लक्षित स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरुमाँझ पुगेर उनीहरुको सुरक्षा अभिवृद्धि गर्नु भएको कोकाकोलाले जनाएको छ ।
हालसम्म, सुदुरपश्चिमका केहि जिल्ला र प्रदेश १ बाहेक देशभरका सबै जिल्लाका रेडक्रसका अधिकारीहरुलाई सुरक्षा साम्रगीहरु हस्तान्तरण गरिसकेको छ ।

सबै जिल्लाहरुमा यहि साताभित्र वितरण गर्ने जनाएको छ ।‘कोका—कोला नेपालसँगको यो साझेदारीले रक्त सञ्चार सेवाका ४०० प्राविधिकहरु र स्वास्थ्य कर्मचारीहरु र २४७ एम्बुलेन्स चालकहरुको मनोबल र सुरक्षा बढाउन मद्दत गरेको छ । साथै, यसले स्वास्थ्य, सरसफाई, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथा क्वारेन्टिन सहयोगमा खटिइरहेका रेडक्रसका स्वयंसेवकलाई पनि प्रोत्साहित गरेको छ,’ नेपाल रेडक्रसका निर्देशक दिव्यराज पौडेलले बताए ।

कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘हामी हाम्रा एम्बुलेन्स चालकहरु, रक्त सञ्चार सेवाका प्राविधिकहरु र स्वयंसेवकहरुलाई आभार प्रकट गर्न चाहन्छौं जसले यस्तो चुनौतीपूर्ण समयमा पनि निष्ठाका साथ आफ्नो कर्तव्य पूरा गरिरहेका छन् । हाम्रो पार्टनर नेपाल रेडक्रस सोसाइटीका साथ अग्रपतिंमा रहेका सम्पूर्णको स्वास्थ्य र सुरक्षामा सहयोग गर्न सुरक्षा सामग्रीहरु प्रदान गरिरहँदा हामी खुसी छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL