Logo

शेखर गोल्छालाई चन्द्र ढकालको प्रश्न, ‘म नलागेको भए तपाईको पद रहन्थ्यो ?, अहिले किन वरिष्ठको मर्म मार्दै हुनुहुन्छ’

शेखर गोल्छालाई चन्द्र ढकालको प्रश्न, ‘म नलागेको भए तपाईको पद रहन्थ्यो ?, अहिले किन वरिष्ठको मर्म मार्दै हुनुहुन्छ’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफुले सहयोग नगरेको भए शखेर गोल्छाको महासंघको अध्यक्ष बन्ने सपना सपनामै सिमित हुने खुलासा गरेका छन् । ढकालले आज आफ्ना प्यानलको उम्मेदवारी घोषणा गर्दै केही समय अघि आफुले गतिलो लविङ नगरिदिएको भए शेखर गोल्छा अहिले महासंघको अध्यक्ष बन्न सक्ने दावी गरेका हुन् ।

‘आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिना अघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन् भनेर कसले लविङ गरेको थियो ?,’ उम्मेदवारी घोषणासभामा ढकालले भने, ‘भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ? हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नै पर्छ ।’

यो चुनावमा जसले जिते पनि शेखरजी आफ्नो अध्यक्ष भएको र आफुहरुले यो चुनाव जित्ने बताएका छन् । ‘जब हामी जित्छौं, हामी उहाँको टीमको सदस्य हौं,’ उनले भने, ‘सायद उहाँका लागि यो साधरण जानकारी मात्रै होइन यो एउटा सन्देश पनि हो ।’

यो सन्देश कठिन अवस्थामा रहेको महासंघलाई एक ढिक्का बनाउनका लागि भएको भन्दै यसले निजी क्षेत्रमा बल सिर्जना गर्ने बताए । हाल आफ्नो नेतृत्वमा व्यावसायिक र गतिशिल टीम रहेको जानकारी दिँदै सो निर्वाचनमा सहज रुपमा जित हासिल गर्ने बताए । ‘यो टीम उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र साझेदारसँग साझेदारी गर्ने सवालमा एक र एक जोडेर दुई होइन्, एक र एक जोडेर एघार बन्नेछ,’ उनले भने, ‘मैले यो मञ्चबाट शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु भने हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ?, त्यो के का लागि ?’

यसैगरी कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले अहिले उद्योग व्यवसायीहरु धेरै ठूलो समस्यामा रहेको जानकारी दिँदै महासंघलाई साना, मझौलादेखि ठूला सबै खाले व्यवसायीको साझा चौतारी बनाउन पहल गरिने बताए । साथै आफुले महासंघका जितेर गएपश्चात जिल्ला नगर उद्योग वाणिज्य संघको क्षमता अभिवृद्धिका लागि कोष खडा गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा बस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले चन्द्र ढकाल नेतृत्वको टीम समावेशी र प्रतिस्पर्धी रहेको जानकारी दिँदै सो टीमले मात्र महासंघको नेतृत्व गर्न सक्ने बताए । यसैगरी एशोसिएट्सतर्फका उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले आफुसँग सानादेखि ठूला उद्योगसम्म सफल रुपमा संचालन गरेको अनुभव र महासंघमा पनि डेढ दशकभन्दा बढी केन्द्रिय सदस्य पदमा रहेर काम गरेको अनुभव भएको भन्दै सोही अनुरुप व्यवसायीक म्ुद्दाहरुलाई सम्बोधन गर्न लागिपर्ने बताए ।

कार्यक्रममा महासंघ पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्र ढकाल नेतृत्वको टीमको जित सुनिश्चित रहेको जानकारी दिँदै चुनावी मिति मात्र कुर्न बाँकी रहेको बताए । ‘यस्तो विषम परिस्थितीमा पनि आजको माहोल हेर्दा चन्द्र ढकाल नेतृत्वको टीमले चुनाव जितिसमेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL