Logo

सिजीका सामान खरिदमा एक लाख ५० हजारसम्मको कोभिड बीमा पाइने, अफर चैत्रसम्म लागू हुने

सिजीका सामान खरिदमा एक लाख ५० हजारसम्मको कोभिड बीमा पाइने, अफर चैत्रसम्म लागू हुने



काठमाडौं । सिजी ब्राण्डले सबै ग्राहकहरुमा ‘कोभिड–१९’ बीमा योजना ल्याएको छ । यस योजनाअन्तरगत ग्राहकहरुले सिजी एलईडी टिभी तथा हामे एप्लाएन्सेस्को खरिदमा एक लाख ५० हजारसम्मको सुरक्षा पाउने भएका छन् ।

laxmi

यो योजना सबै स्टोरहरुमा तथा अनलाइनमा पनि ३१ चैत २०७७सम्म लागू हुने कम्पनीले जनाएको छ ।

सिजी ब्राण्डका सामाग्रीहरुमा रहेका गुणहरुले घरलाई स्वस्थ र सुरक्षित राख्न मद्दत गर्दै किटाणुरहित जीवनयापन गर्न सहजता प्रदान गर्ने पनि कम्पनीको दावी छ । कोभिड बीमा योजनाअनुरुप ग्राहकहरुले ५० हजार प्रति व्यक्ति प्राप्त गर्ने छन् ।

यो योजना सिजीले कोरोनाभाइरससँग लड्नको लागि र यस महामारीको समयमा आफ्नो ग्राहकहरुका स्वास्थ्य प्रतिको चासोको सपना पस्किएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL