Logo

हिमालयन क्यापिटलमा डिम्याट र मेरो शेयरको खाता खोल्न शुल्क नलाग्ने, यस्तो छ अनलाईन सेवा योजना

हिमालयन क्यापिटलमा डिम्याट र मेरो शेयरको खाता खोल्न शुल्क नलाग्ने, यस्तो छ अनलाईन सेवा योजना



काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज लगानी तथा शेयर कारोबार गर्न अनलाईनमार्फत डिम्याट र मेरो शेयर खाता खोल्ने व्यवस्था मिलाएको छ ।
नेपाल धितोपत्र बोर्डको २०७७ साल बैशाख २६ गतेको निर्देशानुसार कम्पनीले यस्तो सेवा दिएको उल्लेख गरेको छ।

laxmi

‘२०७७ श्रावण देखि अनिवार्य रुपमा विधुतीय माध्यमबाट मात्र शेयर कारोबार गर्नुपर्ने तथा हालको अकल्पनीय विश्वव्यापी महामारीका रुपमा फैलिईरहेको नोभल कोरोना ( COVID – 19 ) का कारणले घरबाट बाहिर निस्कने असहज परिस्थीतीलाई ध्यानमा राख्दै यस शेयरको दोस्रो बजारमा कारोबार गर्नु अघि भौतिक रूपले कार्यालयमा उपस्थित हुने शर्तमा २०७७ असार मसान्तसम्म उल्लेखित खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन,’ क्यापिटलले जारी गरेको विज्ञप्तिमा छ ।

हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै विश्वासका साथ गुणस्तरिय सेवा मार्फत आफ्ना ग्राहक तथा लगानीकर्ताहरुलाई पुंजी बजारमा सवल तथा सुसुचित भई सहज लगानी तथा शेयर कारोबार गर्न प्रोत्साहन गर्दै आईरहेको छ ।

डिम्याट तथा मेरोशेयर खाता संगै हिमालयन क्यापिटलले पुंजी बजारमा आफ्ना ग्राहक तथा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूती र शेयर रजिष्ट्रेशन सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL