Logo

प्रि–फ्याब उद्योग सञ्चालन स्विकृति प्रदान, उत्पादनमुलक उद्योगको मान्यता

प्रि–फ्याब उद्योग सञ्चालन स्विकृति प्रदान, उत्पादनमुलक उद्योगको मान्यता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३२ जेठ, काठमाडौं । सरकारले प्रि–फ्याब्रिकेटेड भवन तथा संरचना उद्योग सञ्चालनको स्विकृति प्रदान गरिएको छ । उद्योगमन्त्री महेश बस्नेतको अध्यक्षतामा आइतबार बसेको औद्योगिक प्रवद्र्धन बोर्डको बैठकले उक्त स्वीकृति प्रदान गरेको हो । यससँगै प्रि–फ्याब्रिकेटेड भवन संरचना र यसलाई आवश्यक पर्ने सिमेन्ट ब्लक, स्टिल स्ट्रक्चर र मेटल प्यानल उद्योग सञ्चालन गर्न सकिने छ ।

बोर्डले काठमाडौँ उपत्यकाको सवालमा रिङरोड बाहिर उद्योग सञ्चालन गर्न पाउने गरि स्वीकृति प्रदान गरेको छ । ‘उक्त निर्णयसँगै राज्यको मुख्य प्राथमिकता रहेको पुननिर्माण कार्यमा आधुनिकीकरणको सम्भाव्यताको ढोका खुलेको छ,’ उनले भने ।

यसैगरी बैठकले बैशाख १२ गतेको विनाशकारी भूकम्पले काठमाडौँ लगायत विभिन्न स्थानमा इट्टा भट्टा चिम्नीहरु क्षति पुगेको भन्दै चिम्नी रहीत आधुनिक प्रविधिलाई समेत स्किृति गरेको छ । उक्त प्रविधिबाट भट्टा संचालन गर्दा कम इन्धन खपत गर्ने, वातावरण मैत्री तथा लगानी मैत्री, अष्ट्रेलियन प्रविधि ‘हब्ला जिक ज्याक किल्न’ जस्ता फाइदा हुनेछ । सो प्रविधिमा चिम्नीको आवश्यकता नहुने र इट्टा भट्टालाई छोप्ने हुँदा बर्षा याममा पनि सञ्चालन गर्न सकिने तथा कम क्षेत्रफलमै सञ्चालन गर्न सकिने छ ।

बैठकले फिरफिरेको नाममा चिनिएको बालुवा धुलाइ उद्योगलाई सेवा उद्योगको रुपमा वर्गिकरणगरी दर्ता गर्ने निर्णय गरेको छ । विनाशकारी भूकम्पपछि ८ लाख घरहरु निर्माण गर्नुपर्ने भएको हुँदा सो निर्णयले पुनर्निमाण कार्यलाई तिब्ररुपमा अघि बढाउन मद्दत पुग्ने उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL