Logo

सवारी चापसँगै पेट्रोलियम पदार्थको खपत बढ्यो, दैनिक ६५० केएल खपत

सवारी चापसँगै पेट्रोलियम पदार्थको खपत बढ्यो, दैनिक ६५० केएल खपत


रामराजा श्रेष्ठ
27
Shares

रक्षा रेग्मी

१४ बैशाख, काठमाडौं । उपत्यकामा सवारी चाप बढेसँगै पेट्रोलियम पदार्थको खपतमा पनि बृद्धि भएको छ । पछिल्लो सयम भुकम्पको त्रास विस्तारै कम हुनुका साथै जनजीवन सामान्य बनेपछी पेट्रोलियम पदार्थको खपत बढेको हो ।

हाल दैनिक ३ सय किलोलिटर (केएल) पेट्रोल र ३ सय ५० किलोलिटर डिजेल खपत भइरहेको नेपाल आयाल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । ‘मानिसहरु आफ्नो दैनिकी तिर फर्कन थालेका छन्,’ उनले भने ‘अव तेलको खपत पहिलाकै अवस्थामा पुग्छ ।’

 

बैशाख १२ गते बिनाशकारी भुकम्प गएपछि करिव २ हप्तासम्म पेट्रोलियम पदार्थको खपत ५० प्रतिशतले घटेको थियो । ‘एक/दुईदिन त पेट्रोलियम पदार्थको खपत शून्य जस्तै थियो,’ उनले भने । ७ दशमलव ८ रेक्टरको भुकम्प र त्यसपछि लगातारको पराकम्पनले त्रास फैलाएर काठमाडौं उपत्यकाबाट १० लाख भन्दा बढी मानिस बाहिरिएका थिए । जसलेगर्दा सवारीको चाप कम भई पेट्रोलियमको खपत घटेको थियो ।

nepal-oil-corporation
nepal-oil-corporation

अन्य समयमा काठमाडौं उपत्यकामा दैनिक ३ सय ५० किलोलिटर पेट्रोल तथा ४ सय ५० किलोलिटर डिजेल खपत हुने गर्छ । सो अवधिमा काठमाडौं उपत्यका प्रतिदिन २ सय किलोलिटर पेट्रोल तथा २ सय ५० किलोलिटर डिजेल खपत भएको थियो ।

उपत्यका बाहिरको खपत भने सामान्य रहेको आयाल निगमले जानकारी दिएको छ । भुकम्प पश्चात अन्य सामग्रीको अभाव रहेपनि पेट्रोलियम पदार्थ सप्लाइमा कुनै समस्या नभएको उनको दावी छ । इन्डियन आयल निगम (आइओसी)ले मागेजति पेट्रोलियम पदार्थ उपलब्ध गराएकोले जनताले पेट्रोलिय पदार्थ अभाव खेप्नु नपरेको उनको भनाई छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL