काठमाडौं । चन्द्रागिरि हिल्सले साउनको प्रत्येक सोमबार साँझ केबलकारको टिकटमा ५१ प्रतिशतको छुट दिने भएको छ । हिल्सले आरती विशेष अफर ल्याउँदै भारी छुटको योजना ल्याएको हो ।
प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगम चन्द्रागिरि हिल्सले ल्याएको अफरमा साउन महिनाको प्रत्येक सोमबार साँझ ४ बजेपछिको केबलकारको टिकटमा ५१ प्रतिशत छुटको व्यवस्था गरेको हो ।
हाल केबलकारको दुईतर्फी टिकटको मूल्य ८२५ रुपैयाँ रहेकामा प्रत्येक सोमबार साँझ ४ बजेपछि लिने टिकटमा ५१ प्रतिशतभन्दा बढीको छुट दिई ४ सय रुपैयाँमै विक्री गर्ने भएको हो ।
यसैगरी साउन महिनाभरका सोमबारका लागि त्यहाँ जाने पर्यटक तथा सेवाग्राहीलाई केबलकारको टिकटमा २५ प्रतिशत छुट दिने समेत घोषणा गरिएको छ ।