काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा नारायण बाबु लोहनी नियुक्ति भएका छन् । उनी दोस्रो कार्यकालका लागि पुनः सीइओ बनेका हुन् ।
गत बिहीबार (असार १९ गते) बसेको संचालक समितिको बैठकले लोहनीलाई सीइओमा दोहोर्याउने निर्णय गरेको हो । उनको कार्यकाल थप ४ वर्षको हुनेछ ।