Logo

जलविद्युत प्रवर्द्धकको मनोमानी र सेबोनको बेवास्ता : महालेखाले औंल्यायो जलविद्युतमा लगानीको जोखिम

जलविद्युत प्रवर्द्धकको मनोमानी र सेबोनको बेवास्ता : महालेखाले औंल्यायो जलविद्युतमा लगानीको जोखिम



काठमाडौं । जलविद्युत् कम्पनीहरूको संस्थापक समूहले कानुनमा व्यवस्था विपरीत सेयर बिक्री गर्दै आएको पाईएको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ अनुसार, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) भइसकेको सेयर तीन वर्ष नपुगी बिक्री गर्न नपाइने व्यवस्था छ। तर, केही जलविद्युत् कम्पनीका संस्थापकले तीन वर्षअघि नै सेयर बिक्री गर्न थालेको तथ्य महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनमा उजागर भएको छ।

कानुन अनुसार, जलविद्युत् कम्पनीले परियोजना निर्माणको अन्तिम चरणमा मात्र सर्वसाधारणलाई सेयर निष्काशन गर्न पाउने व्यवस्था छ। तर, निर्माण नटुंगिनै सेयर बिक्री सुरु गर्नाले परियोजनामा लगानी गरेका सर्वसाधारण लगानीकर्ताहरू उच्च जोखिममा पर्ने अवस्था सिर्जना भएको महालेखाको ठहर छ।

महालेखाले जलविद्युत् आयोजनामा भइरहेको यस्ता अनियमितता रोक्नका लागि सम्बन्धित नियामक निकायहरूले चासो दिएर कडाइका साथ नियमन गर्नुपर्ने सुझाव दिएको छ। प्रतिवेदनमा यस्तो अवस्था आउनुमा नियामक संस्थाको कमजोरी र कम्पनीहरूको मनोमानी प्रमुख कारण रहेको उल्लेख गरिएको छ। यसअघि बिजजखबरले यो बिषयमा लगातार पाठकहरुलाई सुसूचित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This