Logo

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, २६.९८ प्रतिशत बोनस वितरण गर्ने

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, २६.९८ प्रतिशत बोनस वितरण गर्ने



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

laxmi

कम्पनीले हाल कायम चुक्ता पुँजीको २६.९८ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड २५ लाख बराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत १.४२ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख २१ हजार ५२.६३ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रूपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL