Logo

नेपाल–चीन आर्थिक तथा व्यापार मेला सुरु, दुई देशबीच व्यापारिक सम्बन्ध उचाईमा पुग्ने विश्वास

नेपाल–चीन आर्थिक तथा व्यापार मेला सुरु, दुई देशबीच व्यापारिक सम्बन्ध उचाईमा पुग्ने विश्वास



काठमाडों । नेपाल चीन तिव्वत आर्थिक तथा व्यापार मेला सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डमा सोमबारदेखि १७ औं नेपाल चीत तिव्वत आर्थिक तथा व्यापारमेला सुरु भएको हो । नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागबीच भएको सम्झौता अनुसार आर्थिक तथा व्यापार मेला हरेक दुई बर्षमा आलोपालो तिव्वत र नेपालमा हुने व्यवस्था छ । सोही अनुसार यसपटकको मेला नेपालमा आयोजना गरिएको हो ।

laxmi

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागबीच सन् १९९० मा सम्पन्न आर्थिक तथा व्यापार मेला दुई वर्षमा आलोपालो हुने गरी सम्झौता गरिएको थियो । नेपाल चीनबीच दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्ध अझ विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको छ ।

आजदेखि सुरु भएको उक्त मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले यस्तो मेलाले नेपाल र चीनबीचको व्यापारिक सम्वन्धलाई झन उजागर गर्ने बताए । मेलाको उद्घाटन सत्रमा बोल्दै उनले वस्तु विनिमयदेखि सुरु भएको नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध हाल डिजिटल व्यापारको युगमा पुगेको बताए ।

कार्यक्रममा बोल्दै उनले चीनको स्वशासित क्षेत्र तिव्वत चीनको रेलगमार्गसँग जोडिएर राम्रो व्यापार गरिरहेको भन्दै केहि समयमा चिनियाँ रेल नेपालमा पनि आउनेमा विश्वास व्यक्त गरे । उनले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभबाट सक्दो लाभ लिने चाहना रहेकोसमेत बताए । नेपाल र चीनबीचका यस्ता मेलाले नेपालले भोग्दै आएको उच्च व्यापारघाटालाई निरुत्साहित गरी नेपाली उत्पादनले नयाँ बजार पाउने बताए ।

यस्तै उद्घाटन कार्यक्रममा बोल्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणाले चीनले हालसम्म नेपालको ८ हजार ३० वस्तुलाई दिएको शुन्य भन्सारको सुविधाको भरपुर उपयोग गर्न सकिने बताए । नेपाल र चीनबीच हुने यस्ता मेला वा अन्य गतिविधिले दुई देशबीचको व्यापार गतिरोज र बाधाहरु निर्मुल पार्ने अवसर हुनसक्ने बताए ।
कार्यक्रममा चीनको स्वशासित क्षेत्र तिव्वत सरकारका उपाध्यक्ष लाङ फुआकानले यस्ता गतिविधिले दुई देशका सम्बन्धमा नयाँ आयामको सिर्जना गर्ने बताए ।

व्यापार मेलामा उपाध्यक्ष लाङ फुकुनको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलसहित करिब १ सय २० जना व्यापारी प्रतिनिधिहरूको सहमागिता रहेको छ । मेलामा चीनको स्वशासित क्षेत्रको तर्फबाट ५० स्टलहरू छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतका स्टलहरूमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरणहरु, घरायसी प्रयोगका साधनहरू, कार्पेट, पेय पदार्थ, परम्परागत हस्तकलाका सामानहरू, परम्परागत धूप, दुई पाँग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे विद्युतीय सवारी साधन, सौन्दर्य प्रशोधनका अतिरिक्त विभिन्न व्यापारिक कम्पनीहरूले समेत भाग लिएका छन् ।

यसै गरी नेपालको तर्फबाट १५ ओटा स्टल छन् । नेपाली स्टलहरूमा जडीबुटी, सारयुक्त सुगन्धित तेल, कफी, चिया, हस्तकलारकाष्ठकला, धातुकला, कार्पेट, पस्मिना लगायतका विभिन्न कम्पनीका उत्पादनहरू प्रदर्शित गरिनेछन् । मेलाको अवसरमा दुई पक्षबीच बि–टु–बी, बि–टु–जी र जी–टु–जी लगायतका व्यावसायिक मिटिङहरूको आयोजना हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL