Logo

हरेक महिना खर्ब बढीको व्यापारघाटा बेहोर्दै नेपाल, आठ महिनामा १० खर्बको आयात १ खर्बको निर्यात

हरेक महिना खर्ब बढीको व्यापारघाटा बेहोर्दै नेपाल, आठ महिनामा १० खर्बको आयात १ खर्बको निर्यात



काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ८ महिना (साउदेखि फागुन मसान्तसम्म)मा १० खर्ब रुपैयाँ बढीको वस्तु आयात गरेको छ ।

laxmi

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा नेपालले १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको हो । यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा भने २.६६ प्रतिशतले कम हो ।

यसै अवधिमा नेपालले भने जम्मा १ खर्ब रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको छ । नेपालले यो ८ महिनामा विभिन्न देशमा १ खर्ब ६१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको हो ।

यस्तो निर्यात गत आवको सोही अवधिको तुलनामा करिव ४ प्रतिशतले कम हो । गत आवको यहि अवधिमा नेपालले १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।

यसरी उच्च आयात र न्युन निर्यात हुँदा नेपालले ८ महिनाकै अवधिमा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । यसलाई हिसाव गर्दा नेपालले हरेक महिना करिव सवा खर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरिरहेको देखिन्छ ।

नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.१० प्रतिशत हुँदा निर्यातको हिस्सा जम्मा ८.९० प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL