Logo

बाँसबारी छालाजुत्ता प्रकरण : आरोपितलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

बाँसबारी छालाजुत्ता प्रकरण : आरोपितलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणको अनुसन्धानका लागि अरुण चौधरीलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

laxmi

अदालतले १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरी तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले उनीहरुलाई १८ माघमा पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । त्यसक्रममा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले म्याद पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL